कोरोना प्रभावित गर्भवती तथा सुत्केरीलाई खाध्यान्न बितरण , मनोबिमर्श समेत प्रदान

प्रशान्त निरौला बिहिबार, मंसिर ०४, २०७७

विराटनगर, ४ मंसिर । कोरोना प्रभावित गर्भवती तथा सुत्केरीलाई परेको मनोसामाजिक असर न्यूनिकरणका लागि खाद्यान्न सहयोग प्रदान गरिएको छ । विहिवार लेटङ नगरपालिका वडा नं ६ का २५ जना र केरावारी गाउपालिका वडा ९ का का २५ जना गरि जम्मा ५० जना गर्भवती तथा सुत्केरीहरुलाई खाद्यान्नका साथै मनोविमर्श सेवा समेत प्रदान गरिएको हो ।

महिला पुनर्स्थापना केन्द्र विराटनगरको सहयोगमा उनीहरुलाई प्रति व्यक्ति २५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ किलो नुन, चना १ किलो, साबुन, सर्फ, सेनिटरी प्याडको लागि सुती कपडा २ मिटर प्रदान गरिएको जनाइएको छ ।

कोरोना महामारीका कारण परिवारका सदस्यहरुको रोजगारी गुमेका तथा अति विपन्न परिवारका गर्भवती तथा सुत्केरीहरुलाई उक्त सामग्री प्रदान गरिएको ओरेक नेपालका मोरङकी कार्यक्रम अधिकृत गोमा भण्डारीले जनाउनुभयो।

कार्यक्रममा प्रमुख अतिथी रहनुभएकी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले लेटाङमा समेत कोरोनाको कहरका कारण धेरै मानिसहरु बिक्षिप्त बन्दै गएको र कतिपयले आत्महत्या समेत गरेको घट्ना बताउदै मनोबिमर्शको अत्यन्तै खाचो रहेको बताउनुभयो ।
वडा अध्यक्ष जंगबिर तामाङले मनोबिमर्श कार्यक्रम लेटाङका अशिकांश मानिसलाई आवश्यकता परेको अनुभुती आफुले गरेको बताउनुभयो । सुत्केरी, दिर्घ रोगी तथा कमजोर आर्थिक अवश्या भएकाहरुलाई यस्को अति आवश्यकता रहेको बताउनुभयो ।

कोरोनाका कारण अस्पतालहरुले गर्भवतीहरुलाई प्रदान गर्नुपर्ने नियमित स्वास्थ्य जाँच प्रयाप्त नभएको, गर्भवतीहरुलाई भर्ना नलिएका कारण ज्यान गुमाउनु परेको जस्ता घटनाले पर्नसक्ने मानसिक असर न्यूनिकरणका लागि मनोसामाजिक परामर्शकर्ताहरुले परामर्श दिएका थिए ।

संस्थाले यो सगै विराटनगर महानगरपालिका वडा नं. ११ मा ५० जना गर्भवती तथा सुत्केरीहरुलाई समेत राहत तथा मनोविमर्श सेवा प्रदान गर्ने कार्यक्रम अधिकृत भन्डारीले जानकारी दिनुभयो ।                                                                      कार्यक्रममा लेटाङ नगरपालिका वडा नं ६ का वडा अध्यक्ष जंगबिर तामाङ, वडा सदस्य श्यामकुमारी मगर, रन्जन भन्डारी लगायतको उपस्थिती रहेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ