जाँतेमा पस्याे हात्ति , स्थानियकाे घरमा क्षति

Letang Khabar शुक्रबार, साउन २३, २०७७

जाँते, २३ साउन । उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा ईतिहास कै पहिलो पटक २०४३ साल माघ २ गते राती एकजनाको ज्यान लिए सँगै शुरु भएको हात्ती आतंक आज सम्म नियमित भैरहेको छ ।

यहि श्रावण २२ गते विहिबार राती ११: १५ बजे देखि ११ः ४५ सम्म आधा घण्टा स्थानिय पदमा लिम्बू र डम्बर सिन्चिउरीको घरमा हात्तिले गरेको ध्वंसात्मक गतिविधि सँगै यसले निरन्तरता पाएको हो । यस क्षेत्रमा हरेक वर्ष कुनै न कुनै सिजनको बाली चोखो खान नदिने गरी वर्षभरीमा कम्तिमा पनि २० दिन हात्ती निस्कने गरेको जंगल किनारमा घर भएका डिल्लिराम धिताल वताउँछन् । अहिले सम्ममा हात्ती कै कारण दुईजनाले ज्यान गुमाईसकेको स्थानिय समाजसेवी बिष्णुलाल पौडेल बताउँछन् ।

यसैको निरन्तरता स्वरुप विहिबार लगभग मध्ये राती स्थानिय बासिन्दा मस्त निन्द्रामा भएको समयमा गाउँ भन्दा दक्षिण स्थानिय सदाबहार सामुदायीक वन क्षेत्र बाट आएका एक जोडि हात्तीले स्थानिय वासिन्दाको घर९घर चाहार्दै भेटे सम्मका घान वाली, कोलाका थाम, मकै लगायतका अन्न नष्ट गरेको थियो ।

यसै क्रममा दुई मध्ये एउटा हात्ती भने अचानक स्थानिय स्मृति चौक स्थित दिलकुमारी लिम्बूको घरमा पुगेर भुईंतलामा राखेको धानको भुसको बोरा तान्न पुगेको दिलकुमारीका भेना हरि गिनेलले बताए । ससुरालीमा बास बसेका गिनेलका अनुसार आफु झकाउँदै मोबाईल चलाउँदै गरेको समयमा घरै हल्लिने गरी धक्का महसुस गरियो । के हो भनेर टर्च बालेर हेर्दा त बडेमानको हात्तिलेपो मुनीतलामा राखेको धानको भुसको बोरा तानीरहेको । यो देखे सँगै हातमा रहेको टर्च हात्तिको आँखामा बाल्दै ठूलो आवाज गरेर चिच्चाए सँगै उक्त हात्ती छिमेकी डम्बर सिन्चिउरीको घर तिर लागेको गिनेलले वताए ।

यसरी सिन्चिउरीको घरमा पुगेको हात्तिले यस सिजनकै ठुलो क्षती गरेको स्थानिय जानकारहरु वताउँछन् । सिन्चिउरीको घरमा पुगेको उक्त हात्तिले उनको घरको भुईंतलाको बाहिर खटिया र बेन्च माथी त्रिपालले छेकेर राखेको अन्दाजी डेढ क्विन्टल जेठी मन्सुली चामल , अन्दाजी ५० किलो मकैको पिठोचामल, विस्कुन उठाएर राखेको अन्दाजी ६० किलो मकै खानुका साथै छरेर नष्ट गरेको थियो । यसैगरी १५ किलो जति राज्मा बोडि , ३५ किलो जति धानको भुस् र ४५ किलो चोकर पनि सो हात्तिले खाएर र छरेर कामै नलाग्ने गरि नष्ट गरेको थियो । यति क्षती गर्न उक्त एउटा हात्तिलाई झण्डै ३० मिनेट जतिलागेको प्रत्यक्ष दर्शी स्थानिय सुमन लिम्बूले वताए । यसरी दिलकुमारी लिम्बूको अन्दाजी १० किलो भुस र सिन्चिउरीको माथि उल्लेखित मात्राको क्षतीको हिसाब गर्दा हालको प्रचलित बजार भाउमा झण्डै १७ हजार ५ सय बराबरको क्षति भएको अनुगमनमा आएको स्थानिय वडा प्रमुख कृष्ण लुईटेलले जनाउनु भएको छ । यसैगरी अनुगमनमा आएको अस्थायी प्रहरी चौकी जाँतेका प्रमुख प्रहरी सहायक निरिक्षक हरि नारायण राजवंशीले समेत अनुमानित १६ हजार बराबरको क्षती भएको जानकारी आफुले मातहातको माथिल्लो निकायलाई गराएको जनाउनु भयो । आफुले माथिल्लो निकायमा जानकारी गराउँदा बजारभाउको औपचारीक हिसाब नगरेकाले पनि क्षतिको विवरणमा फरक परेको हुनसक्ने राजवंशिको भनाई रहेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ