लेटाङमा आमाको काजकिरिया गर्न कोरोमा बसिन १६ वर्षिय छोरी

Letang Khabar मंगलबार, आषाढ ०९, २०७७

लेटाङ,  ९ असार । अझैपनि नेपालका अधिकांस ठाउँमा आमा बुबाको काजकिरिया छोराले नै गर्नुपर्ने मान्यता रहदै आएको छ ।
पितृको शान्ति र मोक्ष प्राप्तिको लागि छोरीले पिण्ड तर्पण दिन नहुने भएकाले छोरा नभए मित छोरा वा बाबुआमा नभए भतिजा छोराहरुले नै कोरामा बसी पिण्ड चढाउँनुपर्ने सामाजिक संस्कार अझैपनि पाइन्छ ।

छोरोले मात्र काज किरिया गर्नुपर्ने सामाजिक संस्कारमा परीवर्तन हुनु पर्ने र परिस्थिती अनुसार छोरीले नै काजकिरिया गर्न पाउनुपर्ने आवाज उठिरहेको बेला लेटाङ नगरपालिका २ धोवीमा १६ वर्षिय एक किशोरीले ६ दिन अघिदेखि आफनो आमाको काजकिरिया गर्दै आएकी छिन् ।

लेटाङ नगरपालिका २ कि १६ वर्षिय रोजिना मल्ल ठकुरीले आफनो आमा मुगा कुमारी मल्लको निधन पश्चात काजकिरिया गर्दै आएकी हुन् । आफू एक्लो सन्तान भएको र छोरा नभए पनि केही फरक नपर्ने भन्दै सेतो वस्त्र लगाएर छोरा सरह कोरामा बस्दै आएकी हुन् शोकाकूल मल्ल परिवारले जनाएको छ ।

२०७७ असार ३ गते आमाको निधन पछि कोरामा को बस्ने भनेर धेरै सल्लाह भयो । छोरा नभएका कारण वृद्धावस्थाका रोगी बाबुले नै गर्नुपर्छ भनेर धेरैले दबाब दिदै गर्दा आमाको काजकिरिया ससुरा बुबालाई गर्न लगाउनु भन्दा आफू नै बस्न उचित ठानेर छोरीले नै कोरामा बस्ने निर्णय गरेपछि उनले बाजकिरिया गर्दै आएकी हुन् ।

IMG_20200618_092854 1
                                         आमाको दाहसंस्कारमा दागबत्ति दिदै गरेकी छोरी रोजिना मल्ल

आमाको काजकिरिया आफै गर्छु भन्दै अठोट गरेपछि उनलाई नै बस्न लगाएको ठकुरी समाज महासंघ लेटांगका अध्यक्ष महेन्द्र शाहीले बताउनुभयो । ठकुरी समाज महासंघका प्रतिनीधि केही अग्रज समाजसेवीको सल्लाह र समन्वयमा १६ वर्षिय छोरीलाई नै किरिया गर्न दिदा फरक नपर्ने सल्लाह भएपछि उनी बसेकी हुन् ।

कोरामा बसेर सेतो कपडा पहिरिएर काज किरिया गर्दै आएकी रेजिना पूर्वक्षेत्रमा रहेका ठकुरी जातिमा पहिलो व्यक्ति भएको ठकुरी समाज महासंघ लेटाङ नगरकमिटीका अध्यक्ष महेन्द्र शाहीले बताउँनुभयो । सबैले अहिले राम्रो गर्नुभयो भन्दै धन्यवाद दिने गरेका छन् । शोकाकुल परिवारमा आएका आफन्तहरुले पनि यो परीवर्तनले समाजलाई पनि अर्को नयाँ संस्कारको थालनी भएको छ भन्ने गरेका छन् । ठकुरी समाज महासंघ केराबारी गाउँपालिका कमिटीका सहमहासचिव प्रेमवहादुर ठकुरीले बताउँनुभयो ।

(उज्यालो प्रदेश बाट)

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ