अब जंगलमा पाइने जुकाको मूल्य आकासिने यस्तो छ संकेत, जुकाको चुसाइबाट जटिल रोगको यसरी उपचार हुँदै

Letang Khabar मंगलबार, बैशाख ११, २०७५

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले छाला, रक्तसञ्चारलगायत केही जटिल रोगका बिरामीको उपचार जुकाको चुसाइ (लिच थेरापी) बाट गर्न थालेको छ ।
आयुर्वेदमा ‘जलौकावचारण कर्म’ भनिने यो प्रक्रियाबाट हालसम्म दुई जनाको उपचार गरिएको छ । लिच थेरापीबाट केही दिनभित्रै जटिलखालका अन्य शारीरिक समस्याको समेत उपचार गरिने विशेषज्ञहरूले बताएका छन् ।

आचार्य सुश्रुतले शताब्दियौं पहिले क्यान्सर, सिस्ट, हर्पिज, रक्तदोष, घाउलगायत जटिल शारीरिक समस्या भएका बिरामीमा जलौकावचारण कर्मलाई उपयुक्त ठहर्‍याएका थिए ।

लिच थेरापीका माध्यमबाट एक्जिमा, सोराइसिस, एलोपेसिया (तालु खुइलिनु), हरपिज जोस्टर, भेरिकोज भेन्स, डाइबिटिज वन्ड (मधुमेहका घाउ), वोइल्स एन्ड एवसेस, रुमेटिक डिजिज, अस्टियोअर्थराइटिस, रुमेटोयड अर्थराइटिस, सेल्युलाइटिस, सियाटिका, इम्फलामेट्रिक रियाक्सन, ब्लड प्युरिफिकेसन, हाइपरटेन्सन, थ्रम्बोसिस (ब्लड क्लाउट) लगायत रोगको उपचार गर्न सकिन्छ ।

‘वनारस हिन्दु युनिभर्सिटीको सहयोगमा हामीले उपचारका लागि उपयोग गर्न २५ वटा जुका ल्याएका छौं, यो संख्या बढाउँदै जान्छौं,’ केन्द्रका कार्यकारी निर्देशक डा. सिद्घार्थ ठाकुरले कान्तिपुरसँग भने, ‘यसअघि नेपालमा लिच थेरापी उपचार पद्धति थिएन ।’

चिकित्सकका अनुसार यो उपचारमा प्रयोग गरिने एउटा जुकाले बिरामीको समस्या भएको ठाउँबाट पाँचदेखि १० मिलिलिटर अशुद्घ रगत सेवन गर्न सक्छ । रगत चुस्ने क्रममा जुकाको मुखबाट निस्किने श्रावमा हिरुडिन नामक इन्जाइम हुन्छ ।

जुकाको र्‍यालमा एक सयभन्दा बढी यस्ता तत्त्व हुन्छन्, जसले रगतलाई शुद्ध र पातलो बनाउँछ । डा. ठाकुरका अनुसार जुकाले जमेको रगत निकालेर सामान्य रक्तसञ्चार हुन सघाउँछ, तन्तु र मासु कुहिन दिँदैन । जुकाले तन्तु प्रवद्र्धनको काममा समेत सहयोग पुर्‍याउँछ ।

‘घाउ, खटिरा, रक्त विकार वा छालासँग सम्बन्धितलगायत रोग निवारणमा जुका कुनै डाक्टरभन्दा कम हुन्न,’ डा.ठाकुर भन्छन्, ‘आयुर्वेदका अनुसार जुकाले पहिलो टोकाइमा मात्र अशुद्घ रगत चुस्छ र शुद्घ रगतलाई छाड्छ ।’ केन्द्रले सोराइसिस रोगमा लिच थेरापीको उपयोगिताबारे विस्तृत अनुसन्धान सुरु गर्ने जानकारी उनले दिए ।

ठाकुरका अनुसार जुकाले रगत चुस्न थाल्दा बिरामीलाई केही अनौठो महसुस मात्र हुन्छ, दुख्दैन । जुकाले अशुद्घ रगत चुस्दासम्म खासै अनुभव नभए पनि शुद्घ रगत चुस्न थालेपछि हल्का चिलाएको अनुभव हुन्छ, त्यसपछि जुकालाई हटाइन्छ । जुकाको रगत चुस्ने विज्ञानसमेत अचम्मको छ । जुकाले छाला छेड्न आफ्नो सुँड उपयोग गर्छ, त्यसपछि तीनवटा बंगारा र स–साना दाँत उपयोग गर्छ ।

करिब १० वर्षसम्म जीवन भएको जुका एक वर्ष खाना नखाइकन पनि बाँच्न सक्छ । यसलाई उपचारका लागि संरक्षित राख्दा क्लोरिनविहीन सामान्य पानीमा राखिन्छ । एक व्यक्तिमा उपयोग गरिएको जुका अन्य व्यक्तिमा उपयोग गरिँदैन ।

नियमित रूपमा थेरापी गराउनुपर्ने व्यक्तिमा उपयोग गरिएको जुकालाई पुन: उसकै लागि उपयोग गर्ने गरी संरक्षित गरेरसमेत राखिन्छ । एउटा जुकालाई बढीमा आधा घण्टासम्म चुस्न दिइन्छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ