अमेरीकावासी सुवेदीपरिवार द्वारा लेटाङका मृगौला पिडित लाई सहयोग प्रदान

Letang Khabar सोमबार, जेठ ०५, २०७७

डम्बर सिन्चिउरी

जाँते, ५ जेष्ठ ।  झण्डै अढाई दशक अघि देखि डाईभर्सिटि भिस्सा मार्फत हाल अमेरिकाको न्यु मेक्सिको राज्य अन्तरगत अल्वाकर्की शहरमा  वस्दै आउनु भएका लेटाङ्ग ९ जाँतेका हरि-सीता सुवेदीले स्थानिय मृगौला पिडित द्वय लाई आज सहयोग प्रदान गरेका छन् ।

लेटाङ्ग ९ जाँते स्थित सगरमाथा टोलका ऋतुराज दियाली र मदन टोलका श्याम बहादुर लिम्बूकी श्रीमती सीता लिम्बू लाई सुबेदी परिवारले सहयाेग गरेका हुन् । उनिहरु लाई जनही नगद ६ हजार र केहि खाजा सामाग्री प्रदान गरीएको स्थानिय समाज सेवी शान्ता राई लिम्बूले जनाईन् ।

आफुहरु नेपाल भएकै समयमा आफ्ना सन्तान र नेपाली मुल कै उनिहरुका साथी ले गत वर्षको तिहारमा देउसी खेलेर कमाएको खुत्रुके बचत को पैसा बाट पठाएको १२ हजार रुपैंया अाफु ले पिडितहरु लाई दामासही को रुपमा बराबर गरी वितरण गरे को सीता सुवेदी ले जनाएकी छन् । उनका अनुसार गत शुक्रबार स्थानिय पत्रकार डम्बर सिन्चिउरी ले स्थानिय मृगौला पिडित ऋतुराज दियाली को सम्पुर्ण विवरण समेटेर सहयोग को याचना सहित तयार पारे को भिडियो क्लिप्स युट्युवमा हेरे पछि उनिहरुले यति रकम पठाएका हुन्  ।

आफू र आफ्ना साथिहरु ले शीत उघाएर घैला भर्ने उद्देशयले आफुहरुले खुत्रुके फुटाएरै भए पनि यति रकम पठाएको हरि-सीता का छोरा प्रकाश सुवेदीले जनाएका छन् । यसरी सहयोग पठाउनेहरु मा प्रमिला सुवेदी, कृतिका सुवेदी,ध्रुव गौतम, रोशन श्रेष्ठ ,मनिमाला चौधरी , मञ्जु आचार्य,गया राउत र सुरेन्द्र सुवेदी रहेका छन् ।

हरि-सीता सुवेदी विगत केही महिना देखि छुट्टी मा आएर लकडाउन कारण हाल जाँते मै वस्दै आएका छन् । उनीहरु स्थानिय लेटाङ्ग ९ जाँते स्थित मदन चौक को सुवेदी कम्पलेक्समा अस्थाई वसोबास गरी रहेका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ