नेपालमा थप १४ जनामा कोरोना संक्रमण, कुल संख्या ३० पुग्यो

Letang Khabar शुक्रबार, बैशाख ०५, २०७७

काठमाडौं, ५ वैशाख । नेपालमा शुक्रबार थप १४ जनामा कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

त्यसमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनमा एक ६३ वर्षीया महिला एक पुरूष गरी १४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले बताउनुभएको छ ।

उदयपुर जिल्लाका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुष र चितवन जिल्लाका २७ र ६३ वर्षका पुरुषहरू हुनुहुन्छ । यो सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ ।

यसैगरी, गोरखापत्रका उदयपुर समाचारदाता भक्तिविलास पोखरेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जिदमा रहेका १० भारतीय नागरिकमा कोरोना भाइरसको पोजिटिभ आएको भन्ने आधिकारिक पुष्टि हुन अगावै स्थानीय प्रशासनले त्यस क्षेत्रसहित मस्जिदलाई शुक्रबार साँझबाट नियन्त्रणमा लिएको थियो

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ