सोमबार विहान ८ बजे राष्ट्रिय गान गाउने र ताली बजाउने कार्यक्रममा सहभागी हुन प्रमको आग्रह

Letang Khabar आइतबार, चैत्र ३०, २०७६

काठमाडौं, ३०  चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विहान अर्थात नयाँ वर्ष २०७७ को पहिलो दिन विहान ८.०० बजे राष्ट्रिय गान गाउने, राष्ट्रिय धुन बजाउने तथा ताली बजाउने कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभएको छ ।

ग्लोबल कम्प्याक्ट नेपालले देश संकटको घडीबाट गुज्रिरहेको बेला अग्रपंक्तिमा रही सेवामा खटिने चिकित्सक, नर्स अत्यावश्यक सेवा प्रदायक कर्मचारी, ढुवानी कर्ता, सरसफाइ कर्मचारी, सुपर मार्केटका कर्मचारी एवं नेपाललाई यस विपतबाट जोगाउन कार्यरत सबैको सम्मानमा घरबाटै राष्ट्रिय गान गुञ्जाउन र बजाउन गरेको अनुरोधलाई समर्थन गर्दै सो आग्रह गर्नुभएको हो ।

अभियानले राष्ट्रिय धुनपछि एक्यवद्धता स्वरुप ताली बजाएर सम्मान गर्न आग्रह गरेको छ । प्रधानमन्त्री ओलीले आफ्नो ट्वीर मार्फत भन्नुभएको छ, “मलाई यो कार्यक्रम राम्रो लाग्यो यस कार्यक्रममा सामेल हुन सबैलाई अग्रह गर्छु ।”

सो अभियान आफ्नै घरको कौशी, बरण्डा र झ्यालमा बसेर गर्न समेत ग्लोबल कम्प्याक्ट नेपालले आग्रह गरेको छ ।”

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ