लेटाङ नगरपालिकाका जनप्रतिनिधीद्धारा ६ लाख ९४ हजार रकम राहत कोषमा जम्मा

Letang Khabar बुधबार, चैत्र १९, २०७६

प्रशान्त निरौला

लेटाङ, १९ चैत । नोबेल कोरोना भाईसरको प्रकोप फैलिरहेको अवस्थालाई मध्यनजर गरि लेटाङ नगरपालिकाले नगरस्तरिय राहत कोष स्थापना गरेको छ । सोमवार बसेको विपत ब्यवस्थापन समितिको बैठकवाट नगरपालकिाले यो निर्णय गरेको हो ।
कोषमा नगरपालिकाका जनप्रतिनिधिहरुको १ महिनाको सेवासुविधा वापतको रकम राहत कोषमा जम्मा गरेका छन् ।
जनप्रतिनिधीहरुको एकमहिनाको सुविधा वापतको रकम जम्मा ६ लाख ९४ हजार रुपैया राहत कोषमा जम्मा गरिएको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।
कोषमा नगरपालिकाका अधिकृत स्तरका कर्मचारीहरुकोे ५ दिनको तलव र सो भन्दा तल्लो तहका कर्मचारीहरुको ३ दिनको तलब समेत जम्मा गरिने लेटाङ नगरपालिकाका लेखा अधिकृत सुशिल बास्तोलाले जानकारी दिनुभयो ।

महामारीको रुपमा विश्वभर फैलिएको कोभिड १९ को हाल सम्म औषधी पत्ता नलागेको र अहिले यो रोगवाट बच्नका लागि लकडाउन गर्नुपरेको सन्दर्भ जोड्दै नगरप्रमुख राईले विपन्न समुदायलाई रोगले मात्र नभई भोकले समेत मर्नुपर्ने अवस्था आउनसक्ने भन्दै यसको जोहोमा नगरपालिका लागिरहेको वताउनुभयो । यो रोगवाट निम्तिएको समस्या समाधानका लागि नगरपालिकाले स्थापना गरेको राहत कोषको नगर स्तरिय राहत कोषको नाममा राष्ट्रिय बाणिज्य बैकको शाखा कार्यालय लेटाङमा खोलिएको बैक खाता नं. २४५००००६७००१ मा ईच्छा अनुसार रकम जम्मा गर्न राजनीतीक दल , समाजसेवि , वुद्दिजिवि तथा आम नगरवासिमा आह्वान गर्नुभएको छ ।
मेयर राईले नगद बैकमा र जिन्सी सामान भए वडा कार्यालयमा बुझाउन सकिने वताउनुभयो । विपतको यो समयमा बच्ने उपाय अपनाउनुनै राम्रो हुने भएकाले सबैले धैर्य गरी बच्नका लागि घरमै सुरक्षित तरिकाले वस्न नगरवासीलाई अनुरोध समेत गर्नुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ