सुत्केरी र शिशुको मृत्युसँगै रंगेली अस्पताल तनावपूर्ण

Letang Khabar मंगलबार, फाल्गुण ०६, २०७६

रबिन्द्र बराल
रंगेली ६, फाल्गुन । मोरङको रंगेली नगरपालिका–७ स्थित रंगेली अस्पताल मंगलबार पनि तनावग्रस्त बनेको छ ।

नवजात शिशु र सुत्केरी महिलाको मृत्यु मा डाक्टर को लापरबाहीका कारण भएको भन्दै आफन्त हरु ले अस्पताल परिसरमा नारावाजी गरिरहेका छन ।

रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र नवजात शिशुको सोमबार मृत्यु भएपछि अहिले तनावग्रस्त बनेको छ । रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान ५ बजे अस्पताल भर्ना गरिएको थियो ।चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त हरुले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन गरिरहेका छन । अहिले उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका छन् । डाक्टर माथि कारबाही हुनु पर्ने र आगामी दिनमा यस्तो गल्ती दोहोरिन नहुने माग समेत राखेका छन् ।
अस्पतालमा कुनै अप्रिय घटना हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरेको छ ।

रविनाका दाजु प्रल्हाद सरदारले प्रसूति व्यथाले च्यापेर भर्ना गरिएको लामो समयसम्म चिकित्सकले वास्ता नगर्दा बहिनी र नवजात शिशु गुमाउनु परेको बताए ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा। अशोक ठाकुरले सामान्य प्रसूतिमार्फत बच्चा जन्मिए पनि रक्तश्राव अत्याधिक भएर सुत्केरीको मृत्यु भएको जानकारी दिए जन्मिन साथ परीक्षण गर्दा बच्चाको मृत्यु भइसकेको थियो,’ उनले भने, ‘मृत बच्चा जन्मिएपछि सुरु भएको रक्तश्राव नरोकिएर आमाको पनि मृत्यु भयो ।’ यकिन भइनसके पनि आमाको रक्तचाप कम हुँदै गएका कारण सुरुमै गाह्रो भएकाले जीवित बच्चा जन्म नसकेको हुन सक्ने उनको भनाइ रहेको छ । डा। ठाकुरले सुत्केरीको मृत्यु चैं ‘पोस्टपार्टन ह्याम्रेज’ का कारण भएको बताए । उनकाअनुसार बच्चा जन्मिएपछि पाठेघरबाट पाँच सय मिलिलिटर भन्दा पनि रगत बग्नुलाई ‘पोस्टपार्टन ह्याम्रेज’ भनिन्छ । उनले बच्चा जन्माउने क्रममा पाठेघर फुटेकाले रक्तश्राव अत्याधिक भएको हुन सक्ने बताए । प्रसूति व्यथाले च्यापेपछि सामान्य अवस्थामै महिलालाई अस्पतालमा भर्ना गरिएको थियो । बच्चा जन्मिएसम्म अवस्था सामान्य नै थियो,’ डा। ठाकुरले, ‘तर अत्याधिक रक्तश्राव हुन थालेपछि औषधि उपचार थालेर रोकथामको प्रयास धेरै गर्दा समेत सम्भव भएन । अवस्था थप गम्भीर बन्दै गएपछि सुविधा सम्पन्न अस्पतालमा रेफर गरिए पनि सुत्केरीलाई बचाउन सकिएन ।’ उपचारमा चिकित्सकले कुनै लापरबाही नगरेको बताउँदै शवको पोस्टमार्टम गरेपछि मात्रै मृत्युको सबै कारण खुल्ने जानकारी दिए । समस्या समाधानका लागि भनेर अहिले अस्पताल व्यवस्थापन समितिको बैठक बसिकेको छ । तर बैठक र छलफलमा बस्न सुत्केरीका आफन्तले भने अस्वीकार गरेका छन् ।

रविनाका श्रीमान मनु सरदार वैदेशिक रोजगारीका लागि एक वर्षदेखि कतारमा छन् । श्रीमतीको मृत्युको खवर सुनेपछि उनी नेपाल फर्किएका छन् । रविना र मनुका पहिलो सन्तान ७ वर्षका छोरा समेत रहेको छन ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ