मदन भण्डारी राजमार्गमा सरोकारवालाको धारणा

Letang Khabar मंगलबार, भाद्र १०, २०७६

 

उर्लाबारी, १० भदौ । मदन भण्डारी राजमार्ग बनाउन मदन भण्डारी चुरे राजमार्ग सरोकार समिति, सांसदहरु र जनप्रतिनिधिहरुको संयुक्त बैठकले बिभिन्न पालिकाहरुमा पर्ने सडकको स्थानका बारेमा एकिन गरेका छन् ।

इलामको रोङ गाउँपालिका ६ मेचीखोलाबाट फलामेटार हुँदै झापाकोे पाटापुरदेखि चतरास्थित सप्तकोशी पुलसम्म जोड्ने सडकको लागि उनीहरुले स्थान छनौट गरेका हुन् । समितिका अध्यक्ष बृहस्पती खतिवडाले झापाको पाटापुरबाट अर्जुनधाराको साधुटार, रोङ पालिका २ को झटारे लिम्बुटार, मिश्र टार सिरान, लाप्चेटार, कुम्बिटार, गंगटे, कटेलटार भित्रीबस्ती, गरुवाटोल, सित्तली हुँदै सडक निर्माण गर्न केन्द्रमा पहल गरिने बताएका छन् । त्यसैगरी, माइ नगरपालिकाको पुरानो डिपिआर भएका स्थानहरु, चुलाचुली गाउँपालिकाको कमलदेखि उत्तम चोकबाट बक्राहा पुल ल्याउने निर्णय गरिएको उनले जनाएका छन् ।

त्यसैगरी मोरङ तर्फ मिक्लाजुङको मावा खोलाको बक्राहापुलबाट खामेझोडा, मुर्ति चौक, बालकल्याण स्कूल, पञ्चकन्या स्कूलको तल्लो भाग हुँदै खाँकरबारी, गुप्ती, खोलीटार, मिक्लाजुङ ५ बाट लेटाङ ८ र ९ को सिमाना हुँदै चिसाङ पुलबाट पुरानो डिपिआर अनुसार केराबारी हुँदै धरानबाट सर्दुखोला हुँदै सप्तकोशी पुल जोड्न उपयुक्त हुने सरोकारवालाहरुको छलफलबाट निर्णय गरिएको अध्यक्ष खतिवडाले बताएका छन् ।

उक्त सडकमा बिभिन्न स्थानमा पुल निर्माण गरिनुपर्ने समेत निर्णय गरिएको । पुल निर्माण गरिनुपर्ने खोलाहरुमा तिरिङ खोला, गंगटे खोला, दोरङ खोला, खार खोला, कुरुङ खोला, राते खोला, गोयङ खोला, गंगटे खोला, गरुवा खोला, तुर्के खोला, डाले खोला, सफेवा खोला, पोखरा खोला, ठकुी लगायतका खोला रहेको जनाइएको छ । त्यसैगरी हारमुरे खोला, मुगु खोला, खदम खोला, हचुवा खोला, सुवाने खोला, भलुवा खोला, मोरङी खोला, तेली खोला, सोल्टीखोला १, सोल्टी खोला २, मिक्लु खोला, नुनसरी खोला लगायतका खोला रहेका छन् ।

मदन भण्डारी राजमार्ग निर्देशनालयबाट चतरा देखि मेचीखोलासम्मको सडक बनाउनुपर्ने स्थानको निर्णय गरी पठाउन पत्र आएपश्चात सरोकार समितिले उक्त निर्णय गरेको हो । निर्देशनालयले उक्त सडकमा पर्ने जग्गाको मुआब्जा नदिने र त्यसमा भएका संरचनाको मात्र मुआब्जा दिने समेत खुलाएर पठाएको अध्यक्ष खतिवडाले जानकारी दिएका छन् ।
उक्त कार्य सम्पन्न गर्नका लागि सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पहल गरी दिन समितिले निर्णय गरी पठाएको अध्यक्ष खतिवडाले जानकारी दिएका छन् । कार्यक्रममा प्रदेश सांसद काजिमान कागते, कुलप्रसाद साम्बा, उपेन्द्र घिमिरे, बिभिन्न पालिकाका प्रमुख एवम् उपप्रमुख लगायतको उपस्थिति रहेको थियो ।

चुरे तथा भित्री मधेशलाई समेट्दै अघि बढ्ने ६० फिटको चौडा रहने उक्त सडक कुल एक हजार दुई सय किलोमिटर लामो रहने छ । यो राजमार्गको आ।व। २०७५÷७६ को बजेटमा चार अर्ब ५० करोड रूपैयाँले धरान, चतरा, उदयरपुरको गाईघाट, कटारी, सिन्धुलीको सिन्धुलीमाडी, मकवानपुरको हेटौंडा खण्डमा कालोपत्रे गरिएको थियो । त्यस्तै आ।ब। २०७६÷७७ मा यो सडकका लागि ४ अर्ब ८२ करोड छुट्याइएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ