निर्माणाधिन लेटाङ बजार मेन रोडको अनुगमन

Letang Khabar बिहिबार, बैशाख १९, २०७६

प्रशान्त निरौला
लेटाङ १९ वैशाख २०७६ । लेटाङ नगरपालिका अन्तर्गत वजारमा रहेको मेनरोड कालोपत्रे सम्पन्न हुन लागेको छ ।
नगरपालिकाको वडा नं. ३ र ४ मा अवस्थित वजार विचमा रहेको सडकको ५२ फुट चौडाई र १ किलो मिटर लम्बाई रहेको उक्त सडकको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राई सहितको अनुगमन टोली अनुगमन गर्दै सडक निर्माण कार्य अन्तिम चरणमा पूगेको नगरप्रमुख शंकर राईले जानकारी दिनुभयो । केएन निर्माण सेवाले निर्माण गरिरहेको उक्त सडक यो हप्ता भित्रमा निर्माण भईसक्ने उक्त सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष मित्र विमलीले जानकारी दिनुभयो ।
उपभोक्ताहरुको साझेदारीमा निर्माण हुदै गरेको उक्त सडक १ करोड १५ लाख सडक बोर्डवाट विनियोजन भएको थियो भने स्थानिय उपभोक्ताहरुले ३५ लाख संकलन गरेका थिए ।
अनुगमनका क्रममा नगरप्रमुख शंकर राईले लेटाङ बजारमा सवारी साधन आवतजावत गर्न समस्या भईरहेको वेला ड्रेन टु ड्रेन पक्की सडक वनिसकेपछि बजारका जनता तथा उक्त सडक प्रयोग गर्ने मानिसले सहजता महसुस गर्नेे वताउनुभयो । अनुगमनका क्रममा निर्माण कम्पनीका प्रतिनीधिलाई सडक निर्माणमा कुनै कमजोरी नगर्न निर्देशन दिनुभयो ।
अनुगमन टोलीमा नगरउपप्रमुख कृष्णकुमारी निरौला , लेखा अधिकृत शुशिल बास्तोला ,योजना शाखा प्रमुख भानुभक्त राई, सवईन्जिनियर अशेष श्रेष्ठ लगायत हुनुहुन्थ्यो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ