लेटाङमा दलित महिला माथि मरणासन्न हुने गरी कुटपिट

Letang Khabar बुधबार, चैत्र २७, २०७५

 

” पिडक भन्छन दलित सँग माफि माग्नु भन्दा त कानुन बमोजिम सजाँय नै भोेगेर जेल वसेर आउछौं “

प्रकाशित मिति: बुधबार, लेटाङ २७ चैत्र। उत्तरी मोरङको लेटाङ ३ स्थित दार्जि्लिङ लाईन निवासी एक ७० वर्षिय दलित वृद्धा महिला विभा रसाईलीलाई आफ्नै छिमेकिहरुले मरणासन्न हुने गरि कुट पिट गरेका छन् ।

उक्त कुट पिट गत चैत्र २० गते बुधबार अपरान्ह अन्दाजी ५ बजे तिर भएको भए पनि हालै मात्र बाहिर आएको छ । छिमेकि छिमेकि विच भएको घटना आपसमा नै मिल्न राम्रो हुने भएकोले अहिले सम्म घटना बाहिर नल्याको । तर , जब पिडकहरुले दलित सँग आफुहरुले माफि नमाग्ने , औषधि उपचार पनि नगर्ने, बरु कानुन बमोजिमको सजाय भोग्न आफुहरु तयार भएको वताए पछि मात्र यश घटनालाई हामीले सन्चारमा ल्याएको पिडितका भाइ दिपेन्द्र ले वताए ।
छिमेकी आमा(छोरी द्वय ५० वर्षिय तारा देवि श्रेष्ठ र २७ वर्षिय रेनुका श्रेष्ठले आफ्नो नावालक नाति लाई कुटेको निहुँ मा उक्त कुटपिट गरेको हुन सक्ने प्रहरीले जनाएको छ । पिडक रेनुकालाई ,अर्का छिमेकिले नानी कुटेको भनी पोल सुनाए पछि एक्कासि आमा छोरी आएर अन्धा धुन्ध शरिरका विभिन्न ठाउमा लात्ति( मुड्किले प्रहारगरी मरणा सन्न हुनेगरी कुट पिट गरेको स्थानिय अनोज वि क ले वताए।

सो कुटपिट बाट वृद्धाको आँखा , टाउको , अनुहारका विभिन्न ठाउँहरु ,छाति , पिठ्यु ,ढाडमा निल डाम सहितको चोट देखिनुका साथै केही मात्रामा करङ समेत भाँचिएको अस्पताल सुत्रले जनाए पनि वास्तविक रिपोट भने आईनसकेको जनाईएको छ ।

पिडित को अहिले सम्म विराटनगर स्थित न्युरो अस्पताल मा उपचार भैरहेको छ । शरिरका विभिन्न ठाउँमा निकै ठुला ठुला निल डाम देखिएको ले उनलाई के भएको छ , उपचारमा कति समय लाग्ने हो यसै भन्न नसकिने ईलाका प्रहरी कार्यलय लेटाङका सहायक प्रहरी निरिक्षक दिपक कट्वालले जनाएका छन् । उनका अनुसार घटना पछि लगत्तै नियन्त्रणमा लिइएका पिडक द्वय आमा छोरीलाई पिडितको विष्तृत विवरण नआए सम्म म्याद थप गर्दै प्रहरी हिरासतमा नै राखीनेछ । त्यस पछि भने फौजदारी कानुन का दफा बमोजिमको कार्बा्हिका लागि मुद्धा अगाडि बडाउने प्र. स. नि. कट्वालले वताए ।

-डम्बर सिन्चिउरी

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ