प्रदेशको राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने

Letang Khabar मंगलबार, चैत्र २६, २०७५

विराटनगर,सोमबार, चैत्र २५, २०७५। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नाम वैशाखको पहिलो हप्तामा टुङ्गो लाग्ने बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टर मोरङद्वारा आज विराटनगरमा आयोजित ‘कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार’ वितरण समारोहमा उहाँले भन्नुभयो, “यो विषय केही दिनभित्रमै प्रदेशसभामा प्रवेश पाई सहमतिका आधारमा प्रदेशको स्थायी राजधानी र नामकरण टुङ्गो लाग्नेछ ।”

मुख्यमन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्ने बताउँदै सञ्चार क्षेत्रको विकास र विस्तारका लागि प्रदेश सरकार संवेदनशील रहको छ भन्नुभयो । सो अवसरमा उहाँले लोकान्तर अनलाइनका समाचारदाता सुमन सुस्केरा ९चिरञ्जीवी तिम्सिनालाई० रु ११ हजार १११ नगदसहित उक्त पुरस्कारबाट सम्मान गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विनोद ढकालले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकता औल्याउनुभयो । प्रेस चौतरी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष विक्रम लुइँटेल, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, नेपाल प्रेस युनियनका लीलावल्लभ घिमिरे, सेन्टरका जिल्ला अध्यक्ष गोकुल पराजुली लगायतले पत्रकारलाई न्यूनतम पारिश्रमिक भुक्तानीको वातावरण सिर्जना गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ