मिक्लुक सामुदायिक वनमा मनपरि १० लाख को हिनामिना भएको आशंका

Letang Khabar मंगलबार, फाल्गुण ०७, २०७५

मधुमल्ला । उत्तर पूर्वी मोरङको मिक्लाजुङ गाउँपालिका–६ स्थित मिक्लुक सामुदायिक वन उपभोक्ता समितिमा आर्थिक अनियमितता भएपछि स्थानीय आक्रोसीत बनेका छन् । आन्तरिक छानबिन समितिको प्रतिवेदनमा आर्थिक अनियमितता गरेको पाइएपछी स्थानीय उपभोक्ता आक्रोसीत बनेका हुन । १० लाख रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

समितिमा अनियमितता भएको भन्दै स्थानीय २ सय ५४ उपभोक्ताको हस्ताक्षर सहितको उजुरी गाउँपालिकामा परेको थियो । त्यसपछि गाउँपालिकाले डीभिजन वन कार्यलय छानबिनको लागी पठाएको थीयो । जिल्ला वन कार्यालय मोरङले उर्लाबारी मङ्गलबारे सब(डिभिजन प्रमुख तारिणीप्रसाद चौधरीको संयोजकत्वमा तिन सदस्य छानबिन समिति बनाएको थियो ।

वन कार्यालयले पुन सम्बन्धित वडा मार्फत आन्तरीक छानबिन समिती बनाउने भनेपछी प्रकाश गौतमको नेतृत्वमा अन्तरीक छानबिन समिति बनाएको थियो । समिति संयोजक गौतमले आर्थिक अनियमितता देखिएको बताए । प्रतिवेदन वन कार्यालयको जिम्मा लगाइएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भएकाले गाउँपालिकाले वनको जिम्मा लगाएको उनको भनाइ छ ।

जिल्ला वनले पनि छानबिन गर्ने भएको छ । उर्लाबारी मङ्गलबारे सब(डिभिजन प्रमुख तारिणीप्रसाद चौधरीको संयोजकत्वमा समिति बनाएर छानबिन अघि बढाउने तयारी रहेको स्रोतले बताएको छ । अघिल्लो प्रतिवेदनमा केही अस्पष्टता रहेको दाबी नयाँ समितिले गरेको छ ।

टोल विकास खर्चलगायत दुई(तीनवटा शीर्षकमा प्रतिवेदन अपुष्ट रहेको डिभिजन वन कार्यालय मधुमल्लाका प्रमुख जगदीशलाल देवले बताए । उपभोक्ता समितिकै मिलेमतोमा ठूलै अनियमितता भएको कुरा आएका कारण यसलाई गम्भीर रूपमा लिइएको उनको भनाइ छ ।

उपभोक्ता समितिका अध्यक्ष सन्तोष लावतीले भने समितिले एक पैसा पनि अनियमितता नगरेको दाबी गरे । नीतिगत रुपमा केही कमी कमजोरी भए पनि पैसा अनियमितता भएको कुरा उनले अस्वीकार गरे ।

अनियमितता तथा कानुनी रुपमा कुनै पनी गल्ती भए अफु वन ऐन बमोजिम जस्तोसुकै कारवाही भोग्न तयार छु अध्यक्ष लावतीले भने । प्रतिवेदनअनुसार उपभोक्ता समितिको आम्दानी ६५ लाख २३ हजार देखिएको छ । त्यसमध्ये ४१ लाख ३७ हजार बैंकिङ कारोबार भएको छ ।

२३ लाख ८५ हजार व्यक्तिको जिम्मामा छ । विधानअनुसार सबै कारोबार बैंकमार्फत गर्ने भनिए पनि त्यो देखिएको छैन । २०७४ माघ २ मा २० ट्र्याक्टर बल्लाबल्ली संकलन भई घाटगद्धीमा ढुवानी गरेको खर्च विवरण उल्लेख भए पनि आम्दानी समावेश गरिएको छैन ।

कार्यसमितिको निर्णयबिना समितिका अध्यक्ष लावतीले भरपाईमार्फत सञ्चार खर्च ५० हजार रुपैयाँ लगेका छन् । समितिको गाडी नभए पनि इन्धन र मर्मत खर्चबापत ७७ हजार रुपैयाँ खर्च भएको देखाइएको छ ।

खानामा ४ लाख ८१ हजार खर्च भएको छ । स्रोत नखुलाइएको खानामा १ लाख २८ हजार खर्च देखिएको छ । गरिबी निवारण शीर्षकमा बाख्रा तथा बंगुर १सय १२ जनालाई ४ लाख ३२ हजार खर्च देखाइएको छ भने । यता १ सय २० जनालाई बाख्रा तथा बंगुर वितरण गरिएको भनिएको छ ।

भरपाईमा १ सय १२ जनाको मात्र नाम उल्लेख छ । उक्त भरपाईमा पनि ३३ जनाको मात्र हस्ताक्षर छ भने नाम नै उल्लेख नभएका चार जना प्रतिवेदनमा देखीएको छानबीन समितिका सदस्य गोपाल नेपालीले बताए । बाँकी विषय सम्बन्धित निकायले पुष्टि गर्ने उनले बताए। ब्लाष्ट अनलाइन बाट

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ