विश्व उल्टो मोटरसाईकल यात्री कार्की बस्ती

Letang Khabar शुक्रबार, पुष २७, २०७५

रमिला बस्नेत
उदयपुर पुस २७ ।मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ३ मा गत असारमा भिषण वर्षकै कारण ले २१ घर बगरमा परिणत भएको थियोे । यसकारण यसक्षत्रका अधिकांश बाढीपीडित अर्काको घरमा आश्रय लिन बाध्य भएको खबर विभिन्न संचार माध्यममा प्रकाशित भए पश्चात् मनका धनी समाजसेवी कृष्ण कुमार कार्कीले अशक्त बृद्ध अपाङ्ग भएको बाढी १० विस्थापितलाई घर बनाउन सुरुवात भए संगै विभिन्न समाजसेवी ब्यक्ति भ्रमण अवलोकन गर्ने क्रम बढेको छ। विश्व उल्टो मोटरसाईकल यात्री चित्रकुमार कार्कीले संयोजन गरेको उक्त बस्ती अहिले ६ पहिलो चरणमा बनिरहेका र अझै आवस्यकता हेरेर थप गर्ने संयोजक कार्कीले बताएका छन् । यसैगरी इन्जिनियर चुडामणिा कार्कीले अत्यन्तै अशक्त सुकुम्बासी र आयस्रोत समेत नभएको लाई पहिलो प्राथमिकता राखेर पहिलो चरणमा घर निर्माण गरिएको बताएका छन् । इन्जिनियर कार्कीका अनुसार जसले चिसो भुइँमा बस्नुपर्ने बाध्यता छ । उनीहरू लाई चाडै घर दिन आफुहरु आतुर रहेको इन्जिनियर कार्कीले बताएका छन् । यस्तै वस्ति अवलोकन भ्रमण गर्ने अधिकांशले सकारात्मक हौसला प्रदान गरेको रसमाजसेवी कृष्ण कार्की बाट पाठ सिक्न सुझाव दिने गरेको स्थानिय वडा अध्यक्ष बुलन्द प्रसाद सिह गंन्गाईले बताएका छन् । हाल यस क्षेत्रमा २१ घर विस्थापित मध्ये ६ घर ८० काम सम्पन्न भएको संयोजक चित्रकुमार कार्कीले बताएका छन् । गत मंसिर २१ गते नेपाल सेनाका पुर्व प्रधानसेनापति रुक्मांगत कटवाल रतुवामाई नगरपालिकाका मेयर रविन राई सांसद लगाएत स्थानीयवासीको उपस्थितिमा शिलान्यास कार्यक्रम भएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ