नेपाल मगर विद्यार्थी संघ मोरङमा लामिछाने निर्वाचित

Letang Khabar शनिबार, पुष २१, २०७५

लेटाङ (मोरङ) २० पुस । नेपाल मगर विद्यार्थी संघ मोरङको अध्यक्षमा टिका लामिछाने मगर निर्वाचित भएका छन् । शुक्रवार लेटाङस्थित नेपाल मगर बौद्ध गुम्बामा आयोजित मगर विद्यार्थीहरुको भेलाले टिकालाई अध्यक्षमा सर्वस्म्वत चयन गरेको हो । संघको उपाध्यक्षमा अबिनास थापा मगर, सचिव सञ्जय आले मगर, सहसचिव प्रनिसा सूर्य मगर र कोषाध्यक्षमा जानुका दर्लामी मगर चयन भएका छन् । सदस्यहरुमा भुवन पिठाकोटे मगर, सुस्मिता पिठाकोटे मगर, टिका मगर, दनिट मगर, कामना थापा मगर, भुवन आले मगर, सुबिन आले मगर, सुरज राना मगर, अञ्जली राना मगर र सिसम आले मगर चयन भएका छन् ।
नेपाल मगर विद्यार्थी संघका केन्द्रीय भाषिक उपाध्यक्ष मनिष सूर्य मगरको प्रमुख आतिथ्यता तथा टिका लामिछाने मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल मगर संघ मोरङका अध्यक्ष शम्भु राना मगर, नेपाल मगर संघ लेटाङका सचिव रेवत सूर्य मगर, नेपाल मगर युवा संघ मोरङका सचिव डिबी मगर, नेपाल मगर संघ सुन्दर हरैचाका सचिव डम्बर मगर, नेपाल मगर संघ कानेपोखरीका उपाध्यक्ष देउन सिञ्जाली मगरलगायतले शुभकामना दिएका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ