विराटचोकमा नेपाल बैंकको शाखा

Letang Khabar शुक्रबार, कार्तिक ३०, २०७५

मणिराम दाहाल
सुन्दरहरैंचा । मोरङ सुन्दरहरैंचाको विराटचोकमा नेपाल बैंक लिमिटेडले ८२ औं बार्षिक उत्सवको अवसरमा शाखा विस्तार गरि आफ्नो बैंकिङ कारोवारलाई शुक्रवार देखी अघि बढाएको छ ।
नेपाल बैंक शाखाको समुद्घाटन प्रदेश सभा सदस्य राजकुमार ओमmाले गरेका थिए । उनले कार्यक्रमलाई सम्बोधन गदै नेपाल बैंक लिमिटेडले सरल तथा सहज रुपमा ग्राहकहरुलाई सेवा सुविधा प्रदान गरेर यस क्षेत्रमा देखिएको सरकारी बैकको खांचोलाई पुरा गदै यो बन्द निसेधित क्षेत्रमा यस बैकले आफ्नो लक्ष्य हासिल गर्न सक्ने विश्वास लिएको बताए ।
नेपालकै पहिलो बैकका रुपमा १९९४ सालमा स्थापना भएको सरकारी बैकका रुपमा रहेको बैकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउँने उदेश्यले विराटचोकमा खोलीएको तथा अन्य विभिन्न स्थानमा पनि शाखा कार्यालय स्थापना गरिने भएकाले हिमाल, पहाड,तराई ,मधेश जोड्ने बैंक नेपाल बैंक भएको बताईएको छ । बैंकले आफ्नो कारोबारलाई वृद्धि गर्दै यस क्षेत्रको माग र आवश्यकतालाई मध्यनजर गरी ग्राहकहरुलाई विभिन्न किसिमका सेवा सुविधा साथै रकम राख्न र झिक्न सकिने लगायतका सम्पूर्ण सेवाहरु यस शाखाबाट पनि उपलब्ध गराउने बैंकका मुख्य प्रबन्धक लक्ष्मण पौडेलले जानकारी दिए ।
बैंकको मुलक भरीमा करिव १६२ औं शाखा कार्यालयहरु रहेको नेपाल राष्ट् बैक बाट क वर्गको इजाजतपत्र प्राप्त बैंकले आफ्ना १५ लाख ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको तथा ७६ हजारको हाराहारीमा कर्जा सापटीका ग्राहकहरु रहेका छन् । बैंकमा ८१ एटीएम , १० एक्सटेन्सन काउण्टर रहेको छ । बैंकले निक्षेप, कर्जा, सापटी , लगानी, बिल्स,प्रतितपत्र,जमानत, सुनचाँदी कर्जा , वैदेशिक मुद्रा सटही सुविधा, सन्ध्याकालिन सेवा, अतिरिक्त बैकिङ सेवा, लकर सेवा, घर दैलोमा बैकिङ सेवा, पेन्सन भुतmानी, सामाजिक सुरक्षा भतmा वितरण, टेलिकम बिल भुतmानी सेवा, अन्तर शाखा कारोवार, रेमिट्यान्स सेवा लगायत विभिन्न आधुनिक बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आईरहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकको समुद्घाटन कार्यक्रममा सुकुना सकोसका अध्यक्ष टिकाप्रसाद कट्ेल, स्थानिय समाजसेवी लेखुप्रसाद ढकाल, रेडियो सारङीका अध्यक्ष डोलेश्वर तिम्सीना, कोसीहरैंचा उवासका अध्यक्ष नवराज चापागाई,बैकका शाखा प्रबन्धक मधुसुदन पोख्रेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ