लाइसेन्सको आवेदन ७ गतेदेखि खुल्ने, ५० हजार भन्दा धेरै लाइसेन्स छापियो

Letang Khabar बुधबार, कार्तिक २८, २०७५

काठमाडौं, २८ कात्तिक। दसैँ अघिदेखि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन मंसिर ७ गतेदेखि खुल्ने भएको छ।

यातायात व्यवस्था विभागले दसैँको बिदालाई मध्यनजर गरी सवारी चालक अनुमति पत्रको आवेदन फारम, ट्रायल र रिट्रायल बन्द गरेको थियो।

नयाँ आवेदन अझै बन्द भए पनि रिट्रायल भने दसैं विदा सकिए पछि सुचारु रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए। ‘ ७ गते देखि सवारीचालक अनुमति पत्रको आवेदन खोल्छौ’ उपाध्यायले सेतोपाटीसँग भने।

५० हजार भन्दा धेरै लाइसेन्स छापियो
ट्रायल कटाएका करिव ६ लाख चालक भने अझै लाइसेन्सको प्रतिक्षामा छन्। यातायात व्यवस्था विभागले ६ लाख ‘ब्याक लक’ हटाउन मालिका इन्कर्पोरेटलाई लाइसेन्स छपाईको जिम्मा दिएको छ।

आफूहरुले हालसम्म ५० भन्दा धेरै लाइसेन्स छापिसकेको मालिका इन्कर्पोरेटका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए। चालकको व्यक्तिगत विवरणमा केही समस्या आएको कारण पूरा रफ्तारमा लाइसेन्स छपाई हुन नसकिएको उनले बताए।

‘सुरुवाती दिनमा हामीलाई प्राप्त डाटा मध्ये करिव १५ प्रतिशत डाटा मात्र आउथ्यो, बाकीँ ‘इरर’ आउथ्यो तर अहिले विभागले भारतबाट इन्जिनियर ल्याएपछि ५० प्रतिशत सही डाटा आउन थालेको छ’ ढकालले भने ‘ अव केही समयमै हामी पूरा रफ्तारमा छाप्छौ।ु

छापिएको कार्ड छिट्टै विभागलाई जिम्मा लगाउने तयारी रहेको ढकालले बताए।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ