३७ वर्षको उमेरमै दुवै मृगौला फेल भएपछि सहयोगका लागि अपिल

Letang Khabar मंगलबार, आश्विन २३, २०७५

कुमार खड्का

असोज २२ पथरी । दुवै मृगौला फेल भएर गोल्डेन अस्पताल विराटनगरमा उपचार गरिरहेकी मोरङ पथरीशनिश्चरे १ निवासी सरिता लिम्वु मिश्रको परिवारले उनको ज्यान वचाईदिन आग्रह गरेको छ ।
उनको उपचारका लागि ५० देखि ६० लाख सम्म लाग्ने अस्पतालले जनाएको सरिताका श्रीमान योगेन्द्र मिश्रले सोमवार पथरीको शान्ति सामुदायिक वनको सिमसार क्षेत्रमा आयोजित सरिता लिम्वु वचाउ अभियानको सहयोगार्थ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
हाल सम्म सरिताको उपचारका लागि परिवारले १२ लाख खर्च गरिसेको र मृगौला पिडित सरिताको हाल निःशूल्क डायलासिस भइरहेको भएतापनि अन्य औषधी खरिदका लागि धेरै पैसा खर्चिनु पर्ने भएपछि आफ्नी श्रीमतिको ज्यान जोगाईदिन सवै सहयोगि मनहरुलाई आग्रह गरेका छन् ।
उनको मृगौला प्रत्यारोपण नै गर्नु पर्ने भएको छ । उनलाई मिल्ने मृगौला पनि पाएको तर तर आर्थिक अवस्था कम्जोर भएका कारण नै प्रत्यारोपणमा समस्या भएको अभियान्ताहरुले बताएका छन् ।

सरिता लिम्बू बचाउनका लागि बचाउ अभियानको समुह नै बनाएर आर्थिक संकलन भइरहेको छ । असोज १९ गते स्थानीय समाजसेवी धन कुमार तामाङको संयोजकत्वमा ६९ सदस्यीय समिति तयार गरी आर्थिक संकलन सुरु गरिएको हो ।
हाल सम्म समितिले ९० हजार बराबर रकम पनि संकलन गरिएको संयोजक तामाङले बताए । वडा नं. १ का वडा अध्यक्ष बाबुराम एङ्देनले पनि नगरबाट सहयोगका लागि समन्वय गर्ने र प्रत्येक वडामा पनि अध्यक्षहरुसंग समन्वय भइरहेको बताएका छन् । यो अभियानमा सबैले यथासक्य सहयोग गर्न आग्रह गरेका छन् ।
हाल ३७ वर्षकै उमेरमा लागेको भ्यानक रोगका कारण उनि जिवन र मरणको दोसाधमा रहेकी छन् । वैदेशिक रोजगारीका क्रममा दुवइमा रहेका योगेन्द्र पनि श्रीमति बिरामी भएपछि घर आएका छन् । उनिहरुमा २ सन्तान रहेका छन् ।
उनलाई सहयोग गर्न चाहने मानवताको भावना भएका सहयोगीहरुका लागि एनआइसी एसिया बैँकको पथरी शाखामा नवराज मिश्रको नाममा रहेको खाता नं. ८४८७६७२९४३५२४००१ मा आर्थिक सहयोग जम्मा गरिदिन सकिने परिवार र सरिता बचाउ अभियानका अभियान्ताहरुले जानकारी दिएका छन् ।
थप जानकारीका लागि नवराज मिश्रको नं. ९८१७३७६००० र अभियानका संयोजक धनकुमार तामाङको नं. ९८४२०४२३६२ मा सम्पर्क गर्न सकिने पनि जनाइएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ