मोरङ्गे पुलको निर्माणकार्य अन्तिम चरणमा

Letang Khabar बिहिबार, आश्विन १८, २०७५

ठेकेदार भन्छन् काम त सकियो तर, कामको पैसा कस्ले दिने हो, म अन्योलमा परेँ

डम्बर सिन्चिउरी
लेटाङ १७ असोज । उत्तरी मोरङ को लेटाङ ५ र ८/९ को बिच भएर बग्ने मोरङ्गे खोलामा निर्माण भैरहेको मोरङ्गे पक्कि पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
गत २०७२ साल चैत्र बाट निर्माण शुरु गरिएको उक्त पुलको अहिले सम्ममा ९८ प्रतिशत काम सकिसकेको ठेकेदार युबराज डाँगीले जनाएका छन्। सम्झौता अनुसार गत ०७४ साल फाल्गुण महिना सम्म सकीसक्नु पर्ने भए पनि बर्षात ,खडेरि, प्राविधिक आदि विविध कारणले ढिला भए को पुलको निर्माण कार्य अबको एक महिना भित्र नै सकेर जिम्मा लगाउने योजना साथ आफु लागिपरेको ठेकेदार डाँगी बताउछन्। उनका अनुसार पुलको दुवै पट्टि फिलिङ्ग गर्ने र रेलिङ्ग मा जिआइ पाइप लगाउने,साथै पुलको जडान भर्ने काम मात्र बाँकि रहेको छ ।
निलगिरी निर्माण सेवा प्रा लि नयाँ बानेश्वर ले निर्माण जिम्मा पाएको उक्त पुल को निर्माण कार्य ढिला भए पनि लागत भने नबढ्ने जनाइएको छ। ४८मिटर लम्बाई रहेको पुलको चौडाई ४।५मिटर रहेको छ। भ्याट सहित २करोड ४०लाख ३५ हजार ५ सय ६४ रुपैया लागतमा निर्माण भैरहेको उक्त पुलको निर्माण सम्पन्न पछि तत्कालिन जाँते , टाँडी र रमिते गा वि स का बासिन्दा लाई लेटाङ बजार आवत जावतमा सहज हुने लेटाङ ८ का वडाध्यक्ष भिम पोख्रेलले बताएका छन्।
उक्त पुलको तत्कालिन अवस्थामा संघियमामिला तथा स्थानिय विकास ममन्त्रालय साथै जिल्ला विकास समितिको कार्यलय मोरङले ठेक्का लगाएको भए पनि हाल राज्य पुन संरचना अन्तर्गत प्रदेस विभाजन पछि भने पुल जिम्मा लिएर हिसाब दिने संस्थाको अभाबमा आफु अलन्तार परेको ठेकेदार डाँगीले बताएका छन् । उनले भने, आफुले काम त सकेँ तर कामअनुसार दाम पनि झण्डै ५० लाख लिन बाँकि छ । कामको अनुगमन कस्ले गर्ने , पुल जिम्मा कस्ले लिने , जिल्ला प्राविधिक ले पनि हामी लाई थाहा छैन भन्छ । जिल्ला समन्वय पनि अनविज्ञ जाहेर गर्छ , नगर त झन हामिमा बजेटै विनियोजित छैन भन्छ , अब म के गरौ ,अलमलमा परेँ रु
बजेट जे जस्ले दिओस् , त्यस को पनि निकाय होला रु पुल पुर्णरुपमा अनुगमन हुनु पर्छ , समयमै काम पूरा भई हस्तान्तरण हुनु पर्छ । त्यसको लागि सम्बन्धित निकाय को चासो र ध्यानाकर्षण चाँडो होस् हामी उपभोक्ता यहि जान्द्छौं , भन्छन् स्थानिय उपभोक्ता महाशेर राई ।
जसले जे भने पनि, पुल निर्माण स्थल अनुगमन पछि को अवस्था हेर्दा अनि ,आउदै गरेको चाड(बाड,अबका छोटा दिन , कामदारको ढिला सुस्ति, आदि कारणले भने अबको माघ(फाल्गुण पछि मात्र पुल हस्तान्रण हुने प्रष्ट देखिन्छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ