मनिषालाई कोरियामा वस्ने नेपालीको सहयोग

prashant/niraj बिहिबार, भाद्र २८, २०७५

लेटाङ २८ भदौ
बिगत चार महिना अगाडि देखि देब्रे पाखुरामा बोन क्यान्सरले पिडीत भएकी लेटाङ नगरपालिका ९ निवासी मनिषा लिम्बूलाई विश्वका विभिन्न स्थानमा रहेका सहयोगी नेपाली मनहरुले सहयोग गर्ने क्रममा कामका शिलशिलामा कोरिया पुगेका नेपालीहरुले पनि सहयोग गरेका छन् । क्यान्सर रोगसँग जुधिरहेकी मनिषालाई परिवारको सम्पर्क विना नै केरावारी १० निवासी ललित लिङ्दम र लेटाङ ८ निवासी दुर्गा साँवाको संयोजनमा ८५ हजार २ सय १४ रुपैया सहयोगका रुपमा मनिशाको उपचारका लागि कोरियामा कार्यरत १५ जना व्याक्तिहरुसँग हातेमालो गरी उनिहरु द्धयले संकलन गरेका हुन ।
आर्थिक संकटसँगै उपचारमा अन्यौलता थपिएपछि लेटाङ नगरपालिका वडा ८ का वडा सदस्य नविन लिम्बूले कोरियामा रहेका आफ्ना आफन्तलाई सहयोग जुटाउन पहल गर्नुपर्ने आग्रह साथै स्थानिय अनलाइन पत्रिका लेटाङ खबर सहितका अन्य सञ्चार माध्यमहरुमा पनि मनिशाको पिडा सुनेपछि द्धय ललित र दुर्गाले मनिशा बचाउ अभियानमा जुट्दै सो रकम सङ्कलन गरेका हुन । कोरियामा कार्यरत नेपालीहरुमध्ये ललित लिङ्दमले १ लाख वन, दुर्गा साँवाले ५० हजार वन, भवानीविक्रम नेम्वाङ १ लाख वन, सन्तोष गुरुङ १ लाख वन, तुला चौधरी ५० हजार वन, नविन थापा मगर ५० हजार वन, मनोज राई ३० हजार वन, गणेश राई ५० हजार वन, लोक खजुम ३० हजार वन, अशोक राई ५० हजार वन, कोशिस लिम्बू ५० हजार वन, सविन घिमिरे ४० हजार वन, मिलन राई ५० हजार वन, प्रेम लिम्बू ४० हजार वन, सागर कुलुङ राई ४४४४४ वन गरी जम्मा ८ लाख ३४ हजार ४ सय ४४ कोरियन रुपैया पठाएका हुन ।
संकलित रकम लेटाङ नगरपालिका वडा नं ८ का वडा सदस्य नविन लिम्बू सहित लेटाङ खबरका सम्पादक प्रशान्त निरौला तथा सहसम्पादक निरज पाण्डे र कोरियामा रकम संकलनकर्ता ललित लिङदमकी दिदी सुमि लिङदम सहितको टोलीले मनिषाको घरमै पुगेर उक्त रकम परिवार सहीत मनिशालाई हस्तान्रण गरेका हुन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ