किसान बैकल्पिक खेती तर्फ आकर्षित

Letang Khabar आइतबार, भाद्र २४, २०७५

 

हरि कोइराला
कानेपोखरी २४ भदौ । गाउँमा कृषि मजदुरहरूको अभाव खट्किन थालेपछि मध्य मोरङको कानेपोखरी गाउँपालिकाका किसानहरूले धान, मकै, गहँु र कोदो जस्ता खाद्य बाली लगाउन छोडेका छन् ।थोरै श्रमबाट धेरै आम्दानी गर्न सकिने भन्दै उनीहरू उखु,सुपारी,केरा र दलहन खेती तर्फ लागेका ह्न् ।
मोरङको कानेपोखरी –७ का कृषक चेतनाथ पौडेल विगत ५ वर्ष यता उखु खेतीमा तल्लीन हुनुहुन्छ । सुरुमा कोठेबारीमा ५÷६ बोट उखु लगाएर खेती सुरु गर्नुभएका पौडेलले हाल १२ कठ्ठा जग्गामा उखु लगाउनु भएको छ । उहाँले आफैले खानका लागि लगाएको उखुबाट नै ५ हजार रुपियाँ आम्दानी भएपछि धानबाली मास्दै उखु लगाउन थाल्नु भएको हो । उहाँ भन्नुहुन्छ– पहिलो वर्ष ५० हजारको बिक्री गरें । दोस्रो वर्ष ४५ हजार हजारको । तेस्रो वर्ष देखि उहाँले थप ७ कठ्ठा जग्गामा सेतो गेवारा९सेतो उखु० लगाउनु भएको छ ।
१ विगाहामा फल्ने धानको जति मुल्य ५ कठ्ठा उखु खेतीबाट प्राप्त हुने भएपछि किन धान र मकै बालीमा हुरुक्क हुनु रुउहाँले प्रश्न गर्नुभयो । त्यतिमात्र होइन । उहाँले बाँकी ९ कठ्ठा जग्गामा नीजि वन पनि लगाउनु भएको छ । धान बाली मास्दै अरु बाली लगाउन थालेका ४७ वर्षीय पौडेललाई छिमेकीहरू दुई बाली धान फल्ने जग्गा मासेर बोट विरुवा नलगाउन पनि सुझाए । तर, खानै नपाएर नमरिएला भन्ने आँटले वैकल्पिक खेती रोजेको पौडेलले बताउनु भयो ।
कानेपोखरी –५ समीर राई विगत ५ वर्ष देखि केरा खेती गरिरहनु भएको छ । खर्च कटाएर प्रति विगाहा झण्डै ७० हजार आम्दानी भइरहेको बताउँदै राईले भन्नुभयो –कृषि ब्यवसाय गर्न राज्यले कुनै सहयोग गर्दैन् । खेतीयोग्य जग्गा मासिने क्रम बढेको अवस्थामा राज्यले किसानहरूलाई मल बील र तालिमको ब्यवस्था गर्न सके खेतीबाट उल्लेख्य आम्दानी गर्न सकिने उहाँको भनाई छ । ३ विगाहा जग्गामा केरा खेती गर्दै आउनु भएका राई गत वर्षको बाढीबाट बजारमा जान लागेको केरा खोलाले बगाएपछि ठूलो आर्थिक घाटामा परेको बताउनु हुन्छ । उहाँले केरा खेतीका रोगको संक्रमण बढेको समेत बताउनु भयो । राम्रो सँग गर्न सक्दा घाटा छैन तर सरकारी निकायले केही सहयोग गर्दैन , उहाँले भन्नुभयो ।
गाउँमा खेतीपाती बाटै जीवन गुजारा गर्नेहरू बैदेशिक रोजगारमा जाने क्रम बढेसँगै खेती योग्य राम्रा जग्गाहरू आवास क्षेत्रमा रुपान्तरण हुँदै गएका छन् । विदेशमा कमाइ नबढ्ने तर शहरको जग्गाको मूल्य आकाशिए पछि गाउँ कै जग्गामा प्लटिङ सुरु भएको छ । गाउँपालिकाको ५, ६ र ७ नम्बर वडामा मात्र पछिल्लो ३ वर्षको अवधिमा झण्डै ५० विगाहा जमीन आवास क्षेत्रमा परिणत भएको स्थानीय घडेरी ब्यवासायीहरू बताउँछन् । उनीहरूका अनुसार जग्गा किन्नेहरू धेरै जसो बैदेशिक रोजगारबाट फर्किएका हरू छन् भने थोरैमात्र पहाडबाट बसाई सर्नेहरू छन

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ