वालविवाह रोक्न ज्ञापनपत्र

Letang Khabar मंगलबार, भाद्र १९, २०७५

प्रशान्त निरौला
लेटाङ १९ भदौ । “समृद्ध नेपाल , सूखि नेपाली” भन्ने नारालाई पू््रा गर्नका लागि वालविवाहले नकारात्मक असर पार्ने भन्दै लेटाङ नगरपालिकालाई दुई गैह्रसरकारी संस्थाहरु मानव अधिकार तथा वातावरण मञ्च (फरेन) नेपाल विराटनगर तथा पहाडि ग्रामिण विकास संस्था उत्तरी मोरङ (हर्डन) केरावारी २ सिंहदेवि (मोरङ)ले आज संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र वुझ्ने क्रममा लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले लेटाङ नगरपालिकामा वालविवाहका घट्ना रोक्न अझै पनि चुनाती रहेको भन्दै सवैले वालविवाह रोक्न पहल गर्न जरुरी रहेको वताए । सानै उमेरमा विवाह गरी स्वस्थ्य चुनौति थपिए संगै सामाज समेत पछाडि पर्ने भन्दै वालविवाहमा संम्लग्न सवैलाई कडा कारवाही गर्न आवश्यक रहेको वताए । वालवालिकाहरु भविष्यको कर्णधार रहेको र सिक्ने समयममा विवाह गर्दा उसको जिवन अधेरो तर्फ धकेलिने वताए । लेटाङ नगरपालिका वालविवाहको विपक्षमा डटेर लाग्ने भन्दै वालविवाह जस्तो अपराधमा संलग्न सवैलाई कानुन वमोजिम कारवाही समेत हुने वताए । वालविवाहलाई सहयोग गर्ने र वालविवाहमा सम्लग्न सवैलाई कारवाही हुने नियम आएकाले सवैले सचेत हुन आवश्यक रहेको वताए ।
नेपालको संविधान २०७२ मा प्रत्याभुत गरिएको वालअधिकारको मौलिक अधिकारको संरक्षण , संवर्धन र परिपुर्तिका साथै सन् २०३० सम्ममा नेपालवाट वालविवाह अन्त्य गर्न लेटाङ नगरपालिकामा विभिन्न कार्यक्रमहरु संञ्चालनका लागि आवश्यक पहलकदमी गरीदिन ध्यानाकर्षण गरार्ईएको हो । स्वस्थ्य र शिक्षित जनशक्तिको विकास विनाको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्न नसकिने भन्दै सो का लागि पहलकदमी गर्न भनिएको छ ।

कार्यक्रममा लेटाङ नगरपालिकाका १ का अध्यक्ष विष्णुकुमार मगर , २ का अध्यक्ष तेजप्रसाद तिम्सिना , ४ का वडा अध्यक्ष सन्तोस कार्की , वडा नं ६ का वडा अध्यक्ष जंगवीर तामाङ , विभिन्न विद्यालयका प्रधानध्यापनक तथा प्रतिनिधीहरु , विद्यार्थीका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ