लेटाङ जेसीजको ‘जेसीज सप्ताह’ सम्पन्न

Letang Khabar मंगलबार, भाद्र १२, २०७५

देबु बानियाँ
लेटाङ १२ भदौ । लेटाङ जेसीजको ‘जेसीज सप्ताह २०१८’ समापन भएको छ । व्यक्तित्व र नेतृत्व विकाससँगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको यस संस्थाले वर्ष २०१८ लाई थप प्रभावकारीसहित सफल बनाउने उदेश्यका साथ विभिन्न कार्यक्रमका साथ यो वर्षको जेसीज सप्ताह सम्पन्न गरेको छ ।
गत भदौ ५ गते खुल्ला जेसीज दौडसहित सुरु भएको सप्ताह सरसफाइ तथा वृक्षारोपण, विद्यार्थीहरुलाई सचेतना र साहित्यकारहरुविच कविता तथा गजल वाचनसहित आइतवार सम्पन्न भएको हो ।
जेसीज सप्ताहको उदघाटन “स्वास्थका लागि खेलकुद“ भन्ने नाराका साथ लेटाङ बजार वि पि चोकमा सम्पन्न भएको थियो । सप्ताहको लेटाङ जेसीजका संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठले कार्यक्रम उदघाटन गरेका १३ जना प्रतियोगी सहभागी उक्त ३००० मिटरको दौड प्रतियोगिताको उपाधि लेटाङ ५ का निशान माखिमले बाजी मारे । दौडमा दिपेन राईले दोस्रो योगेस राईले तेस्रो पुरस्कार हात पारे । उपाधि विजेता खेलाडीहरुलाई लेटाङ नगरपालिका प्रमुख शंकर राईले ट्रफी, मेडल, प्रमाणपत्र तथा उपहारहरु हस्तान्तरण गरिएको कार्यक्रम संयोजक उपाध्यक्ष राजु गौतमले बताए ।
सप्ताहको दोस्रो कार्यक्रम अन्तरगत वृक्षारोपण गरिएको थियो । जेसीज ट्रेनिङ इन्स्टीच्यसट निर्माण स्थलमा भएको वृक्षारोपण कार्यक्रमको संयोजक उपाध्यक्ष भूमिका पाख्रिन रहेकी थिइन् ।
यसैगरी, जेसीज सप्ताहको तेस्रो कार्यक्रम लेटाङ ६ गुवाबारी स्थित महाभारत माविमा स्वास्थ्य सचेतना र स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको थियो । शुभकामना हेल्थ केयर सेन्टर प्रालि, लेटाङ ३ को प्राविधिक सहयोगमा उक्त विद्यालयका कक्षा १० मा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुलाई प्राथमिक उपचार सम्बन्धि सचेतना तथा उनीहरुको स्वास्थ्य परीक्षण गरिएको शाखा अध्यक्ष मनिष सुर्य मगरले बताए ।
हेल्थ केयर सेन्टर सञ्चालक तथा अहेव सुनिल चौधरीले प्राथमिक उपचार विधि का बरेमा सहजीकरण गरेका थिए भने अहेव चौधरी तथा हेअ आनन्द राजभरले सामान्य स्वास्थ्य परीक्षण गरेका कार्यक्रम संयोजक अमृत ठाकुरले बताए ।
यसैिगरी जेसीजको अन्तिम कार्यक्रम अन्तरगत कविता तथा गजल वाचन गरिएको थियो । लेटाङ साकोसको सभाहलमा सम्पन्न साहित्क कार्यक्रममा विभन्नि सर्जकहरुले आफ्नो साहित्यक रचना वाचन गरेका थिए । साहित्यकारहरुको जमघट रहेको उक्त कार्यक्रमले बेग्लै रौनक दिएको कार्यक्रम संयोजक मनोज विकले बताए ।
सर्जकहरु दिपा दाहाल, रमेशचन्द्र अधिकारी, वादलदेवी चाम्लिङ, मेचिपुत्र, विवेक विवस रेग्मी , ओम विक्रम कट्वाल, तिलाश्री तिम्सिना, जीवि गजल, विराट अनुपम, युवराज काफ्लेलगायतले आफ्नो साहित्यक रचना वाचन गरेका महासचिव चित्रबहादुर मगरले बताए ।
सप्ताह कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष मनिष सुर्य मगरले गरेका थिए । जेसीजको मुल कार्यक्रम संयोजक विमल गौतम रहेका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ