काङ्ग्रेसबाट निर्वाचित मेयर राई भन्छन् “गाडी किन्न छुट्याइएको पैसाले गरिबको फुसको छाना हटाउछु”

Letang Khabar सोमबार, भाद्र ११, २०७५

लेटाङ ,९ भाद्र । मोरङको लेटाङ आठ स्थित मंगलबारे बजारमा निर्माण सम्पन्न भएको कालो पत्रे सडक आज एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको छ ।
गत वर्षको फाल्गुण १३ गते शुरू गरिएको उक्त कालोपत्रे सडकको गत असार २५ गते नै निर्माण सम्पन्न भएको थियो । आर्थिक वर्ष अन्तको व्यस्तता साथै वर्षा लगायत विविध कारणको व्यस्तताले गर्दा नै आज मात्रै सडको अौपचारिक उद्घाटन गरिएको निर्माण समिति का अध्यक्ष कुबेर प्रसाद पौडेलले जनाएका छन्। बजार परिसर र जाँते पथरी सडक खण्डको केही भाग सहित गरि जम्मा ७८०मिटर लम्बाई रहेको उक्त सडक नगर पालिका र जनता सँगको संयुक्त लगानिमा निर्माण सम्पन्न गरिएको हो । उक्त सडक निर्माणकार्यमा नगरले ७५ लाख लगानि गरेको थियो भने स्थानियको २४ लाख ६१ हजार ५८५ गरि ९९ लाख ६१ हजार ५८५ कुल लागत रहेको स्थानिय वडाध्यक्ष भिम पोख्रेलले वताएका छन्।
तत्कालिन जाँते गाऊँ विकास समिति लाई सहित समेटेर लेटाङ नगरपालिका बनेको एक बर्ष पनि नवित्दै निर्माण गरिएको यो कालोपत्रे सडक जाँतेकै पहिलो कालोपत्रे हो । यो सडक निर्माण भए पछि भने बजारको मुहारै फेरीदिएको भन्दै स्थानिय यामनाथ सुवेदीले खुसी व्यक्त गरेका छन्। उनका अनुसार यश भन्दा अघि जाँते बजार घुम्न आनेले फोहोर र हिलोकाकारण निकै दिक्क मान्थे ,भने यो बर्षायाममा स्थानिय शिवालय मन्दिर दर्शन गर्न आउने लगायत बजारका व्यापारीले समेत खुसी व्यक्त गरेका छन् ।
यसैगरी पहिलो वजेट बाटै यति सडक निर्माण गरियो भने अबको बजेट बाट जाँतेमा रहेका थुप्रै सडक कालोपत्रे हुने र त्यसका लागि योजना बनिरहेको नगर प्रमूख शंकर राईले वताएका छन्। उहाँका अनुसार जाँते पथरी सडकको लागि तीन करोड रकम परीसकेको तर त्यति रकमले मात्र सडक कालोपत्रे नहुने र त्यसका लागि प्रदेश देखि संघको समेत ध्यानाकर्षण गरिरहेको वताईएको छ ।
साथै उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा मेयर राईले करका केही दायरा बढेपनि कर भने अन्यत्र भन्दा लेटाङमा कमि नै रहेको, यदि कुनै बस्तुमा बढि छ ,भने पनि त्यस्लाई नगरले पुनर्विचार गरिने वताएका छन्। यसैगरी सोही अवसरमा मेयर राईले नगरपालिकाले यसै आर्थिक वर्ष नगरका पदाधिकारी लगायत जनप्रतिनिधिहरूलाई गाडि खरिद गर्न छुट्याइएको करिव ६५ लाख वजेट लाई नगरभित्रका गरिब जनताका घरमा छाइएका फुसको छाना हटाउन खर्चिने वताएका छन् ।

स्थानिय वडाकार्लय को सभाहलमा अौपचारिक कार्यक्रम सन्चालन गरिएको भए पनि सडकको उद्घाटन भने सडकमै आएर सडकमा वारिपारी टाँगिएको रिवन मेयर द्वारा काटी उद्घाटन गरिको हो । कार्यक्रममा निर्माण समिति सचिव ओम प्रकाशले निर्माण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सडक निर्माण समितिका अध्यक्ष कुबेर प्रसाद पौडेल को सभापतित्वमा सम्पन्न समारोहमा नगर प्रमुख शंकर राई प्रमुख अतिथि हुनुहुन्थ्यो । उप मेयर कृष्ण कुमारी निरौला विशिष्ट अतिथी रहेको समारोहमा स्थानिय राजनितीक दलका प्रतिनिधि साथै विभिन्न संघ संस्थाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।कार्यक्रममा अतिथि हरूले सडक को स्थाइत्व को शुभकामना दिनुका साथै निर्माण समिति लाई धन्यवाद सहित ज्ञापन गरेका थिए । समारोहमा उपस्थित महानुभावहरूलाई समितिका सचिव ओम प्रकाश लिम्बूले स्वागत गरेका थिए, भने समारोह स्थानिय पत्रकार प्रशान्तजंग निरौलाले संचालन गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ