कांग्रेसनिकट जनप्रतिनिधिलाई देउवाको निर्देशन– कर उठाउँदा ध्यान दिनू

Letang Khabar सोमबार, भाद्र ११, २०७५

कांग्रेसको सरकार तपाईंहरु हो, विचार गर्नुस्ः विमलेन्द्र
काठमाडौं ११ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको आरोप लगाएका छन् ।

केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए ।

कञ्चनपुरमा बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको भन्दै उनले रोष प्रकट गरे ।

पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै सभापति देउवाले कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउनुपर्ने बताए । ‘संविधानले तीनवटै तहले सरकारले कर लिन सक्ने भनेको छ,’ सभापति देउवाले भने, ‘ध्यान दिएर मात्रै कर उठाउनुहोला ।’

कार्यक्रममा प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे । ‘कांग्रेसको सरकार कहाँ छ भनेर खोज्यो भने स्थानीय तहमा मात्रै छ,’ निधिले भने, ‘तपाईंहरुको कामले नै कांग्रेसले अर्को चुनावमा स्थान पाउँछ । यसकारण अरुले भन्दा फरक र उदाहरणीय काम गर्नुहोस् । जनताले कांग्रेसले जितेका ठाउँमा गर्‍यो है भन्ने पार्न सक्नुपर्छ ।’

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ