चट्याङ लागेर तीनको मृत्यु, एक घाइते

Letang Khabar बुधबार, चैत्र २८, २०७४

विराटनगर, चैत्र २८ गते।

१ नम्बर प्रदेश अन्तर्गत उदयपुर, भोजपुर र झापामा मंगलबार चट्याङ लागेर तीन जनाको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्।

उदयपुरको उदयपुरगढी गाउँपालिका-८ बस्ने ४८ बर्षिया कृष्ण माया तामाङको चट्याङ लागेर मृत्यु भएको छ।

आफ्नै घरमा बसीरहेकी उनलाई अपरान्ह ४ बजे परेको चट्याङले घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनकै भतिजि १५ बर्षिया सम्झना तामाङ घाइते भएकी छिन्। उनको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको प्रहरी चौकी उदयपुरगढीले जानएको छ।

यता भोजपुरको षडानन्द नगरपालिका-२ भोटेछाप बस्ने २० बर्षिया मुना भट्टराईको समेत मंगलबार दिउँसो २ बजे आफ्नै घरमा चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाले जनाएको छ।

यसैगरी झापाको कचनकबल गाउँपालिका-१ कुटी बजार बस्ने ५५ बर्षिय महेश लाल यादवको चट्याङ लागेर मृत्यु भएको छ। बेलुका ८ बजेतिर अचानक परेको चट्याङले उनी गम्भिर घाइते भएका थिए। उनलाई उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ