हङकङमा सांगीतिक धमाका

Letang Khabar बुधबार, चैत्र २८, २०७४

– अनोज रोक्का

चैत्र २५, २०७४

 हङकङमा नोपली सांगीतिक धमाका सम्पन्न भक्एको छ । विशेष पर्व तथा विदाको समयमा त्यहाँ रहेका नेपालीहरुले गीत/संगीत र कलासँग सम्बन्धित विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरेका छन् । साताको ईष्टर होलिडे पनि सांगीतिक धमाकाको सम्पन्न भएको हो ।

धरान युथ एसोशियसनले आयोजना गरेको ‘छिमेकी साँझ २०१८’ मा चर्चित गायक सुगम पोखरेल, गायिका प्राश्ना शाक्य, उर्जा ब्याण्डका प्रशान्त शर्मा, रोशन शर्मा, बर्डस् ब्याण्डका बिजय कार्की, होप ब्याण्ड हङकङ, डान्सर योङनी राई लगायत स्थानिय प्रतिभाहरुको प्रस्तुती समेटिएको थियो ।

७ औँ पटक हङकङ पुगेका सुगमको चर्चित चलचित्र र पप गीतहरुले हलमा वान्समोर गुञ्जियो । कार्यक्रममा उर्जा ब्याण्डको रक प्रस्तुतीले पर्याप्त वाहवाही बटुल्यो । लगभग दशबर्ष पछि स्टेजमा उत्रिएका बर्डस् ब्याण्डका विजयको प्रस्तुतीले पनि खुबै तारिफ पायो ।

होलिडेकै अवसर पारेर एक्स गोर्खा रेष्टुरेन्ट एण्ड बारले आयोजना गरको ‘खुकुरी साँझ २०१८’ मा दर्जन बढि कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई नचाए । कार्यक्रममा नेपाल आईडलका टप ४ सागर आले, गायक राजु गुरुङ, सचिन राई, गायीका तृष्णा घर्ति मगर, संगिता लिम्बु, डान्सर प्रितिका थापा, स्थानिय प्रतिभा डान्सर कस्मिना गुरुङ् मनिष गुरुङका साथै खुकुरी डान्स टिमको आकर्षक खुकुरी नाच प्रस्तुत गरिएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ