लेटाङमा रक्तदान सम्पन्न

Letang Khabar शनिबार, साउन २६, २०७५

प्रशान्त निरौला
लेटाङ २६ साउन । युरेसिया रेयुकाई समाज विकास केन्द्र धरानको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लेटाङ जेसिज र युथ फर व्लड लेटाङको स्थानिय सहयोग तथा विपि कोईराला विज्ञान प्रतिस्ठान धरानको प्राविधिक सहयोगमा भएको कार्यक्रमको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले व्लडको झोला रक्तदातालाई दिएर उद्घाटन गरिएको थियो । उदघाटन कार्यक्रममा वोल्दै नगरप्रमुख राईले रक्तदान जीवनदान भएकाले सवैले रक्तदान गरेर पूण्य कमाउन सकिने वताए । एक स्वास्थ्य मानिसले ३ महिनामा एक पटक रक्तदान गर्न सक्ने वताउदै राईले सेवाभाव भएका मानिसलाई रगत दान गरेर पनि सेवा गर्न सकिने वताए ।
विपदको जोखिम लेटाङ नगरपालिकामा धेरै नै रहेको र यस क्षेत्रका मानिसलाई समेत रगतको आवश्यक पर्न सक्ने हुनाले सवै वाट सहयोग भएमा आफुलाई परेको वेला पनि सहयोग मिल्ने राईको भनाई रहको थियो । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्दै मेयर राईले वेला वेलामा रक्तदान कार्यक्रम गरेर सहयोग गर्न संघ संस्थाहरुलाई अनुरोध गरे ।

 

पहिलो नंम्बरमा रक्तदान गर्ने लेटाङ नगरपालिका कृषी शाखा पमुख श्रीधर खनाललले आफुले आज सम्म तिन पटक व्लड दिएको र तिन तिन महिनामा रक्तदान गर्ने अठोट गरे।

यूरेसिया रेयुकाई धरानले लेटाङमा आएर यस्तो पूण्य काम गर्नका लागि मद्धत गरेकोमा लेटाङ जेसिजका अध्यक्ष मनिस सूर्यमगरले धन्यवाद दिए।
कार्यक्रममा ५१ प्रिन्ट रगत संकलन भएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ