लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडालाई

Letang Khabar बिहिबार, साउन ०३, २०७५

लेटाङ ३ साउन । लेटाङ प्रिन्सेसको उपाधि सुजता खतिवडाले जितेकी छिन् । लेटाङ लायन्स क्लबको आयोजनामा भएको उक्त प्रतियोगिता उपाधिसँगै खतिवडाले विभिन्न आकर्षक पुरस्कार जितिन् । साथै उच्च शिक्षाका लागि छात्रवृति र ५ लाख रुपैयाँको विमा पाइन् । त्यस्तै, फष्टरनरप जानुका मगर, सेकेन्ड रनरअप दिपा लिम्बू र थर्ड रनअरप नाईशा दियाली भइन् । उनीहरुले विभिन्न आकर्षक पुरस्कार समेत जिते ।
लेटाङ प्रिन्सेसको उपाधिको छिनोफानो वुधवार गरेको हो । हो । लेटाङ लायन्स क्लबको आयोजना एक महिने बन्द प्रशिक्षणमा रहेका ४२ जना युवतीहरु उपाधिको होडमा थिए । ग्रीन पिस पार्टी प्यालेस लेटाङमा प्रतियोगिता भएको थियो । उनीहरुमध्ये खतिवडा लेटाङ ९ जाँते निवासि हुन ।

फाइनल राउण्डमा जर्जमा नायिका सञ्चिता लुईलेटल, आयूनी झालगायत एक दर्जनको सहभागिता थियो । लेटाङकी जुनु लिम्बू, सृष्टि लामा, शान्ति राई, बारा राई, निस्मा ठकुरी, राहिल गिरी, रोशनी लिम्बू, सजिना लिम्बू, कृतिका कट्टेल, सुनईना कार्की, विविका लिम्बू, लबिसा श्रेष्ठ, यूनिसा निरौला, प्रिंयका रानामगर, नम्रता चाम्लिङ राई, हाङमा लावती, निता लुङ्गेली मगर, जानुका मगर, अनिशा तामाङ, लिजा सुवेदी, सुष्मा निरौला, अस्मिता लुईटेल, विपिना राई, मनिला साम्पाङ राई, दर्शना न्यौपाने, प्रजिसा ढकाल, आस्था राई, अस्मिता लिम्बू, बन्दना लिम्बू, सुजाता खतिवडा, नाईशा दियाली, रुपा थापा, श्रेया लिम्बू, फुङ्मा वजी, मुना मल्ल, प्रतिशा बुढाथोकी, सुनिता राई, साइन्द्रा बान्तावा राई, संगम राई, क्यामा लामा, दिपा लिम्बू र सुनिता भट्टराईको लेटाङ प्रिन्सेस बन्ने होडमा थिए । किशोरीहरुको क्षमता विकास र अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले उक्त प्रतियोगिता आयोजना गरिएको लाईन्स क्लव लेटाङकी अध्यक्ष शान्ति पाख्रिनले जानकारी दिईन । प्रतियोगितामा मिसेस नेपालकी उपविजेता शान्ति पाख्रिनले व्यक्तित्व विकास, सामाजिक रहनसहन, नैतिक जिम्मेवारी, जीवनशैली, कला संस्कृति, उद्घोषण, क्याटवाक, अवलोकन भ्रमणका बारेमा प्रशिक्षण दिएकी छिन् ।

विजेताले ताजसहित विभिन्न कलेजमा छात्रबृत्तिको साथै आकर्षक पुरस्कारहरु पाएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ