पार्टीको भर्ति केन्द्र बन्दै पथरी बहुमुखी क्याम्पस

Letang Khabar बिहिबार, आषाढ २८, २०७५

पथरीशनिश्चरे २८ असार । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख र संचालक समितिको मनोमानी हुने गरेको तथ्य फेला परेको पाईएको छ । क्याम्पसमा हुने क्याम्पस प्रमुख नियुक्ती, शिक्षक नियुक्ती, चमेना गृह, पालेको नियुक्ती देखि लिएर क्याम्पसको हरेक सरोकारका विषयमा क्याम्पस प्रमुख र संचालक समितीको अध्यक्षको मनोमानी बढ्दै गएको छ ।
संचालक समितीले विधान विपरित क्याम्पस प्रमुख नियुक्ती गरेको १ बर्ष बितीसक्दा पनि संचालक समितीले क्याम्पस प्रमुख चेतन पौड्ेललाई नियुक्ती पत्र दिएको छैन भने पौड्ेल प्रमुख भए यता क्याम्पसको चमेना गृह र सुरक्षा गार्ड नै परिवर्तन भै सकेका छन । पुर्व क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकी दुई तिर पुर्णकालिन भए भन्दै पौडेलले आवाज उठाएर राजिनामा दिन बाध्य बनाएको स्रोतले बताएको छ । बुढाथोकीले राजिनामा दिए पछि क्याम्पस प्रमुखमा ताराबहादुर काफ्ले नियुक्ती भएका थिए तर काफ्ले स्थानीय निकायको चुनावमा उठ्ने भएपछि पुनः पौड्ेल राजनीति पहुचका कारण नियुक्ती भएका हुन । क्याम्पसको मर्यादा क्रमको आधारमा हेर्ने हो भने पौड्ेल भन्दा अगाडी शान्तिराम तिम्सीना आउने भए पछि पुर्ण दुई तिर पूर्णकालीनले नपाउने आवाज उठे पछि पौडेले आफू बहुमुखीमा मात्र कार्यरत हुने सम्झौता गरि क्याम्पस प्रमुख नियुक्त्ती भएका थिए । गर्न नपाउने नियम बनाएर पौड्ेललाई प्रमुख नियुक्ती गरेको थियो । पौड्ेल पथरीशनिश्चरे ४ मा रहेको भागिरथ मा विका निमावि अस्यायी शिक्षक हुन । शिक्षक भए समेत रहेका पौड्ेल हाल पनि दुवैतिर पुर्णकालीन रुपमा कार्यरत रहेका छन ।
त्रिभुवन विश्वविद्यालयकले संचालन गरेको स्नातक तहको परीक्षामा केन्द्राध्यक्ष बहुमुखीका प्रमुख हुने नियम छ तर पौडेल केन्द्राध्यक्ष ंभएर स्कुल र केन्द्राध्यक्ष दुवैको सुविधा लिएको देखिएको छ ।
क्याम्पसले जेष्ठ २७ गते विज्ञापन गरेर स्नातक तहमा अध्यापन गराउनका शिक्षण सहायक करारका लागि अग्रेजी र नेपाली विषयका १÷१ जना खोजे पनि आफ्नो मातहतका व्यक्ती नियुक्त्ती गर्न नपाउने भए पछि पुनः राजनितीक चलखेल गर्न असार २० परीक्ष सारिएको तर उक्त कार्य समेत पुरा हुन नपाए पछि हाल परीक्षा अनिश्चित समयको लागि रोकिएको छ ।
नियुक्तीमा त्रि।वि।को अन्तिम प्रवेश सेवा उमेर ४५ लाई लुकाएर क्याम्पस प्रमुख पौड्लले ४० बर्ष कायमगरि नेकपा एमालेका कार्यकर्तालाई नियुक्ती गर्न खोजेको देखिन्छ । पथरी क्याम्पस प्रध्यापक संघका अध्यक्ष उमेशकुमार खड्काको श्रीमती सरिता भट्टराई खड्कालाई नेपाली सहायक शिक्षणमा नियुक्ती गर्न र अग्रेजी सहायक शिक्षणमा अगाडी नै सेटिङ मिलाइएको देखिन्छ भने २०७३ फागुन ८ गते ५३ बर्षको उमेरमा भीमप्रसाद लुईटेललाई शिक्षण सहायकमा नियुक्त हुँदा कुनै उमेरको हदबन्दी लागेको थिएन । लुईटेल क्याम्पस संचालक समितीका उपाध्यक्ष दिनानाथ तिम्सीनाका (डि.एन.) नाताले जेठान हुन ।
यता पौडेललाई नियुक्ती भएकै भोलि पल्ट राजिनामा दिनु पर्ने तर संचालक समितिले उनको जागिर जोगाउन १ वर्ष सम्म पनि नियुक्ती पत्र नदिएर संचालक समिति लाचार बनेर बसेको छ ।
यस विसयमा संचालक समितिका अध्यक्ष मोहन न्यौपानेलाई सोध्दा वैठकले निर्णय गरि सकेको तर प्रबिधिक कठिनाईका कारण र उहा दुबै तिर पुर्णकालिनका रुपमा कार्यरत रहेकाले केहि समय पर्खेको बताए । पौडेलको १ महिना पछाडी शिक्षा आयोगको परिक्षा दिएपछी यस्को निर्णय गर्ने न्यौपानेले बताउनु भयो ।
क्याम्पस संचालक समितीमा पनि निकै ठुलो चलखेल गरि अध्यक्षमा न्यौपानेलाई निर्वाचीत गरे पनि उहाँ ईटहरि बासिन्दा भएकोले क्याम्पसको कर्यक्रममा बिरैलै अनुहार देखिन्छ भने उहाका कारणले क्याम्पसको कति वैठकहरु अधुरा भएका छन ।
क्याम्पसमा दुई गुट भएकाले एमाले गुटले के गर्यो कसो गर्यो आफुलाई केही थाहा नभएको र कसरी नियुक्ती गरे पनि थाहा नभएको प्रमुखले क्याम्पसले टि यु को नियम बिपरित एमाले नेता रामकुमार बस्नेतको भान्जा र पथरी क्याम्पस प्रध्यापक संघका अध्यक्ष उमेश खड्काको श्रीमती सरिता खड्कालाई शिक्षक नियुक्तीको चलखेलमा लागेर हल्ला आफुले पनि सुनेको क्याम्पस संचालक समितीका अध्यक्ष दिननाथ तिम्सिनाले बताए ।
पुर्व क्याम्पस प्रमुख अर्जुनकुमार बुढाथोकीका अनुसार आफु दुईतिर पुर्णकालीन भएकाले छोड्नु परेको तर अहिलेका प्रमुखले पौडे्लले पनि एकातिर छोड्ने सर्त अनुसार नियुक्ती तर किन छोडेन्न आफुलाई थाहा नभएको बताए । आफुले छाडेदेखी तेति चासो नदिएको तर अहिले जुन कुरा बाहिर आएको छ त्यो नीति बिपरित रहेको बताउनु भयो । यता उपप्रमुख शान्तिराम तिम्सिनाले पनि सोहि कुरा बताउनु भयो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ