करण राई भए भ्वाइस अफ नेपाल

लेटाङ खबर समाचारदाता शनिबार, पौष ०९, २०७९

काठमान्डौ , ९ पुस  द भ्वाइस अफ नेपाल सिजन ४ को विजेता करण राई भएका छन् । उनले सबैभन्दा बढी भोट ल्याएर सिजन ४ को च्याम्पियन बनेका हुन् । उनी कोच राजु लामाको टिममा थिए । च्याम्पियन बनेका करण राई नेपालमै जन्मिएका भए पनि अहिले अमेरिकामा बस्दै आएका छन् ।

झापाकी सविना योङहाङलाई पछि पार्दै करण राई च्याम्पियन बनेका हुन् । आज राति अबेर सम्पन्न ग्राण्ड फिनालेमा सविनालाई पछि पार्दै करणलाई विजेताको रुपमा घोषण गरिएको हो ।

उनले झापाकै योगेश मगर र सविनालाई पछि पार्दै सिजन ४ को उपाधि हासिल गरे । सविना राई इज किङ राजेश पायल राईको टिममा थिए ।

तेस्रो स्थानमा योगेश मगर भए । उनी कोच प्रमोद खरेलका टिममा थिए । विजेता करण राईले नगद २५ लाखसहित अढाइ तोला सुनको सिक्री पनि पाएका छन् ।  यस्तै, काेच प्रविशाकाे टिममा रहेका साहिल लिम्बू सिजन ४ काे चाैथाे स्थानमा रहे ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ