मनिषाका लागि २० लाख बढी सहयोग संकलन

Letang Khabar मंगलबार, भाद्र १९, २०७५

भूपेन्द्र तिम्सिना
लेटाङ। मोरङको लेटाङकी हातमा क्यान्सरको समस्याबाट पिडीत बालिका मनिषा लिम्बूको उपचारका लागि दाताहरुबाट २० लाख बढी रकम संकलन भएको छ ।

पछिल्लो पटक १० लाखको हाराहारीमा एकमुष्ठ रकम परिवारलाई हस्तान्तरण गरिएको छ । जस अन्तर्गत शनिवार लायन्स क्लब लेटाङको अगुवाईमा संकलन भएको ६ लाख बढी रकम सहयोग हस्तान्तरण भएको छ ।

लेटाङ ९ जाँते बाह्कोठेकी १० बर्षीया मनिषा उपचारमा समस्या भएपछि लायन्स क्लब तथा विभिन्न संघ संस्था र विदेशबाट प्राप्त ६ लाख २ हजार ६ सय ३२ रुपैया सहयोग रकम मनिषालाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शान्ति पाख्रिनले जनाइन् ।

पाख्रिनको अगुवाईमा बजारमा सेलरोटी समेत बेचेर सहयोग संकलन गरिएको थियो । ‘लेटाङ प्रिन्सेस’ २०१८ की बिजेता सुजता खतिवडा समेतलाई सहभागि बनाई शान्तिले बजार बजारमा सेलरोटी बेच्ने अभियान चलाएकी थिइन् ।

यसैबीच, सो रकम सार्वजनिक भएपछिको समयमा डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले १ लाख ४१ हजार ४ सय रुपैया सहयोग प्रदान गरेको संस्थापक अध्यक्ष टंक बानियाँले बताए । कोरियाबाट युवाहरुले पठाएको २ लाख रुपैयाँ पनि त्यहाँ अलग्गै हस्तान्तरण भएको छ । सो कार्यक्रममा १० लाख हाराहारी रकम हस्तान्तरण भएको पाख्रिनले उल्लेख गरिन् । उनले हालसम्म २० लाख बढी रकम सहयोग संकलन भएको पिडीतका बुबा हर्कवीरले वताएको उल्लेख गर्दै उपचारमा सहज भएको जनाइन् ।

समस्या भएको हात काटियो

सहयोग रकम संकलन हुँदै गएपछि उनको देव्रे हातको हड्डीमा भएको क्यान्सरको उपचारका क्रममा कुममै हात काटिएको छ । हात काटिएको अवस्थामा उनी आफुलाई प्राप्त सहयोग हस्तान्तरण समारोहमा सहभागि थिइन् । शरीरमा सर्न नदिन भरतपुर क्यान्सर अस्पतालले हात काटेर उपचार गरेको हो । किमो २ वटा लगाएको अव ४ वटा लाउन गएको । ५ लाख लागेको । १० लाख जति दिएको ।

हर्कवीर र मनिताको सन्तान मनिषाको उपचारका लागि २० लाख हाराहारीमा खर्च लाग्ने भएपछि परिवार नीकै समस्यामा परेको खवर पाएर उनीहरु सहयोग जुटाउन लागे । हर्कवीर रोजगारीका लागि खाडी मुलुकमा छन् भनें यता मनिता ज्याला मजदुरी गरेर छोराछोरीको लालनपालनमा छिन् । ५ कक्षा पढ्दै गरेकी मनिषालाई भरतपुर क्यान्सर अस्पताल चितवनमा २ पटक किमोथेरापी गराइएको छ । हातको काटिएपछि तेस्रो किमो दिनका लागिमनिषालाई यसबेला भरतपुर अस्पताल लगिएको छ । जम्मा ६ वटा किमो दिनुपर्ने डाक्टरले बताएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ