नेकपाले गर्याे रक्तदान, १ सय ४१ प्रिन्ट रगत संकलन

Letang Khabar शुक्रबार, जेठ १६, २०७७

लेटाङ, १६ जेष्ठ । कोभिड १९ को माहामारी चपेटामा परेर देश लकडाउनमा रहेका बेला अस्पतालहरुमा रगतको अभावमा विरामी छटपटाई रहँदा उक्त अभाव लाई पुर्ति गर्ने उदेश्येले आज मोरङ्गको लेटाङ्गमा एक वृहद रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।

हजारौंको रगतको वलिदान बाट प्राप्त गणतन्त्र दिवस को अवसर मा सयौंको जीवन रक्षार्थ कार्यकर्ताको रगत दान हेतु यो रगत संकलन कार्य गरिएको जनाईएको छ । “रक्तदान जीवनदान” मुल नाराका साथ संचालन गरिएको उक्त रक्तदान कार्यक्रम गणतन्त्र दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लेटाङ्ग नगर कमिटीको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा प्राविधिक सहयोग भने ब्लड बैंक विराटनगरले गरेको थियो ।

लेटाङ्ग ५ खेरुवा स्थित त्रिवेणी सामुदायीक वनको भवन उत्तर गणेश मन्दिरको निर्माणाधिन सभाहलमा सम्पन्न कार्यक्रममा लेटाङ्ग नगर भित्रका १ सय ४१ जनाले आफ्नो रगत दान गरेका नेकपा लेटाङ्ग नगर अध्यक्ष कृष्ण लम्साल अनन्तले जनाउनुभयाे । उहाँका अनुसार रगत दान गर्नेहरुमा १७ वर्ष देखि ६० वर्ष सम्म उमेर समुहका व्यक्तीहरु रहेका छन् ।

यो रक्तदान कार्यक्रम लेटाङ्गमा ईतिहाँस कै पहिलो भएको पनि पार्टी अध्यक्ष लम्सालले बताउनुभयाे। उक्त रक्तदान कार्क्रमले लेटाङ्गमा ईतिहास रचेको भन्दै पार्टी ईन्चार्ज भुपेन्द्र लावती भन्नुहुन्छ ” यस भन्दा अघि कुनै पनि संस्थाले यति ठूलो अंकमा रगत संकलन गर्न सकेको थिएन्न । त्यसैले पनि आजको कार्यक्रमले लेटाङ्गमा ईतिहास रचेको मलाई लागेको छ” ।

अहिले सम्म लेटाङ्गमा उध्याेग वाणिज्य संघ , पुस्तकालय, जेसिज ,रेयुकाई , लियोक्लव , लाईन्स् क्लव , विभिन्न वचत संस्था साथै स्थानिय विभिन्न क्लव लगायतका संस्थाहरुले रगत संकलन गर्दै आएका छन् । यद्यपि आज भएको रगत संकलनको अंक बराबर उत्तरी मोरङ्गका कुनै पनि संस्थाले संकलन गर्न नसकेको देखिएकोले आजको यो अंक उत्तरी मोरङ्गमै पहिलो रहेको ब्लड बैंक विराटनगरका प्राविधिक ओमप्रकाश मण्डलले वताउनुभयाे ।

आफुहरुको अनुमान १ सयको भएता पनि यतिका अंकमा रगत संकलन गर्न सक्नु पार्टी कार्यकर्ताको ठुलै सहयोग बाट मात्र संभव भएकाले पार्टी का सम्पुर्ण कार्यकर्ता लाई नगरकमिटीको तर्फबाट धन्यवाद दिएको नगर सचिव डिल्ली वि.क.ले जनाउनुभयाे । यसै गरी पार्टीको तर्फ बाट रक्तदाता, भवन उपलब्ध गराउने संस्था साथै व्यावस्थापनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सम्पुर्णलाई समेत धन्यवाद ज्ञापन गरिएको छ ।

डम्बर सिन्चिउरीबाट

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ