काेराेना संक्रमित ५४ पुगे ,रौतहटमा थपिए दुईजना

Letang Khabar मंगलबार, बैशाख १६, २०७७

रौतहट, १६ बैशाख ।  रौतहटमा दुइजनामा कोरोना संक्रमण देखिएको छ । रौतहटको वृन्दावन नगरपालिका ९ का एक र देवाहीगोनाही– १ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । संक्रमित मध्ये १६ जना उपचारपछि घर फर्किएका छन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेनटाइनमा बसेर ६ बैशाखमा घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डाक्टर श्यामबाबु शाहले बताए ।
प्रादेशिक ल्याव जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि उनी घर फर्किएका थिए । तर केन्द्रिय प्रयोगशालामा पुनः परिक्षण गर्दा पोजेटिभ देखिएको हो । देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ