कमलपुर:
शुक्रबार, असोज १२, २०७५, लेटाङ्ग कमलपुर – हिजो बाट सुरु भएको दोस्रो ३०+ भेट्रान दसौं खसी कप २०७५ मा बसन्त क्लब भेट्रान जातेँ र आयोजक सनराईज युनाइटेड क्लब भेट्रान सेमिफाइनल प्रवेश गरेको छ ।
आज भएको पहिलो खेलमा लेटाङ भेट्रान लाई ४ – २ को गोल अन्तर ले हराउदै जातें भेट्रान सेमिफाइनल प्रवेश गरेको छ भने, आज नै हुने भनिएको दोस्रो खेलमा लाफा क्लब फडानी भेट्रान विविध कारण देखाउदै अन्तिम समयमा खेलमा उपस्थित न भएपछि आयोजक कमलपुर भेट्रान सिदै सेमिफाइनल प्रवेश गरेको छ।
जातें भेट्रानको जितमा जर्सी नम्बर १३ का खेलाडी सुक्र बाहदुर राई एकलैले ४ गोल गरेर आफ्नो टिमलाई सेमिफाइनल पुराउनु सफल भएको हो भने लेटाङ्ग भेट्रानको तर्फबाट मङ्ग्ल मगरले सान्त्वना २ गोल गरेको थियो ।
आज भएको खेलको म्यान अफ दि म्याच विजय टिमका खेलाडी सुक्र बाहदुर राई भएको थियो, उहालाई पुरस्कर स्वरुप एक क्रेट अन्डा पाए । आज को म्यान अफ दि म्याचको प्रायोजक श्री जिवन श्रेष्ठ ज्युले गर्नु भएको थियो ।
भोलि को पहिलो सेमिफाइनल खेल कीर्तिमान भेट्रान र बसन्त क्लब भेट्रान, जातें बिच दिनको ठिक ३:३० मा हुने छ ।